पार्टी अध्यक्ष छोड्ने केपी ओलीको सन्देश !

Advertisement

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टी अध्यक्ष पद छोड्ने सन्देश पठाएका छन् । आइतबार अर्का अध्यक्ष प्रचण्ड, जनार्दन शर्मा र बर्षमान पुनसँगको छलफलमा ओलीले पार्टी अध्यक्ष पद छाड्ने सन्देश दिएका हुन् ।

ओलीले नागरिक तथा कार्यकर्ता तहबाट पार्टी विभाजनका विपक्षमा व्यापक दबाव आईरहेको र विभाजनले कसैको पनि हित नगर्ने भन्दै अध्यक्ष पद छोड्न तयार रहेको सन्देश माधव नेपालसम्म पठाएका हुन् । ‘प्रधानमन्त्रीले पार्टी अध्यक्ष छोड्न तयार रहेको सन्देश पठाउनु भएको छ, त्यसले छलफलको वातावरण तयार पारेको छ’, एक स्थायी कमिटी सदस्यले भने ।

तर ओलीले काँग्रेस सभापति शेर बहादुर देउवासँग पनि समानान्तर रुपले छलफल गरिहेकाले विश्वास गर्न सकिने अवस्था नरहेको प्रचण्ड–नेपाल पक्षधर नेताहरु बताउँछन् । ओलीले काँग्रेसलाई अर्थ र गृह मन्त्रालय दिएर सरकारमा सहभागी गराउन चाहेको सन्देश देउवालाई पठाएको सूचनाले प्रचण्ड–नेपाल पक्षधर नेताहरु थप झस्किएका छन् ।

प्रधानमन्त्री ओलीले काँग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार चलाउने र एमसीसी हुबहु पास गराउन चाहेको आरोप पनि प्रचण्ड–नेपाल समुहका नेताहरुले लगाएका छन् ।

Advertisement

Advertisement

Advertisement