कँडेल पनि यो देशको हितको लागि राजा नै चाहिने निष्कर्षमा पुगे, ‘ओलीलाई आजीवन प्रम बनाऔं’

Advertisement

काठमाडौं । पब्लिक इनोभेटरका रुपमा परिचित इन्जिनियर दिपेन्द्र कँडेलले नेपालको हितको लागि राजसंस्था अपरिहार्य रहेको बताएका छन् । यसअघि दलहरुबाटै राजनीतिक स्थिरता र विकास आउने आशा पाल्दै आएका कँडेलले दलहरुबाट समस्या समाधान हुनुको सट्टा झन जटिल बन्दै गएको देखेपछि राजसंस्था नै यो देशको लागि अपरिहार्य रहेको निष्कर्षमा पुगेका हुन् । उनले आफ्नो भिडियो कुराकानीमा शान्ति प्रक्रियामा आएपछि तत्कालिन माओवादीले ठूलो परिवर्तन गर्ने र मुलुकलाई विकासतर्फ अघि बढाउने आशा लिए पनि त्यो हुन नसकेको बताउँदै उल्टै मुलुकलाई जात र क्षेत्रका आधारमा विभाजित गरी मुलुकलाई बिखण्डनतर्फ लगेको गुनासो गरेका छन् ।

Advertisement

कँडेलले राजासहितको राजनीतिक व्यवस्था कायम गरेर केपी ओलीलाई आजीजन प्रधानमन्त्री बनाउनुपर्ने र इन्जिनियरहरुलाई मन्त्री बनाएर मुलुक अघि बढ्नुपर्ने बताएका छन् । जुनसुकै आन्दोलनपछि मुलुक बनाउन टेक्नोक्रासी (प्राविधिकहरुले मुलुक सञ्चालन गर्ने)मा जानुपर्ने विश्व इतिहास रहेको र नेपालमा पनि बाबुराम भट्टराई जस्ता इन्जिनियरहरु रहेको पार्टीले अब केही गर्छ कि ? भन्ने आफूलाई पनि विश्वास थियो भन्दै उनले तर त्यो सबै विश्वास खेर गएको बताएका छन् ।
कँडेलले राजनीतिक अस्थिरता र द्धन्द्धबाट वाक्क भएका जनता २०६२–६३ को आन्दोलनमा सहभागी भएर तत्कालिन माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि मुलुक शान्तितर्फ अघि बढ्ने विश्वासका साथ सडकमा निश्किएको तर त्यसपछि पनि राजनीतिक खिचातानी, सरकार परिवर्तन, संविधानसभाका नाममा पटक पटक निर्वाचन, जातीय र क्षेत्रीय राजनीति, वैदेशिक चलखेल जस्ता कुराहरुले आर्थिक विकासको जनताको चाहना अधुरै बन्न पुगेको बताएका छन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनताको माझमा आउन पनि आग्रह गरेका छन् । आफूलाई राजासँगै ओलीवादी भन्दा पनि फरक नपर्ने बताउँदै कँडेलले गणतन्त्रपछि मुलुक कमजोर बन्दै गएको बताउँछन् । उनले राजा हुँदा नेपाली भूमि गाभेर नक्सा निकाल्न आँट नगरेको भारतले गणतन्त्र आउनासाथै त्यो आँट गरेको बताउँदै राजा भएकाले विगतका विकास भएन भन्ने कुरा गलत भएको दावी गरेका छन् ।राजसंस्था भएका मुलुकहरु संवृद्ध भएका छन् भन्दै उनले नेपाललाई पनि संवृद्ध बनाउन, विदेशी हस्तक्षेप रोक्न राजासहितको लोकतन्त्रमा जानुपर्ने बताउँछन् ।भिडियोः

Advertisement

Advertisement