नायिका स्वेता खड्का माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त 

Advertisement

काठमाडौँ । माछापुच्छ्रे बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा चर्चित अभिनेत्री एवम् समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनका लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो ।

आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका स्वेता खड्काले सझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

चर्चित अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एवम् अन्य थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुच पुग्ने बिश्वास बैंकले लिएको छ । नायिका खड्काले बीस बर्ष लामो इतिहास बोकेको माछापुच्छ्रे बैंकसंग ब्रान्ड एम्वासडरको रुपमा आवद्ध हुन पाउँदा आफुलाई खुशी लागेको बताउँदै आगामी दिनमा बैंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

बैंकले १५९ वटा शाखा, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फतबाट ग्राहकहरुलाई बैंकि सुबिधा प्रदान गरिरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement