एलजीको चाडपर्व अफरः अपग्रेड टू हेल्दि लाईफ स्टाईल

Advertisement


काठमाडौं । एलजी नेपालले यस पटकको पर्वलाई लक्षित गरि ‘अपग्रेड टू हेल्दि लाईफ स्टाईल’ अफर ल्याएको छ । स्वच्छ रहौं र एलजीसँग अझै धेरै बचत गरौं भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत एलजीको कुनै पनि घरायसी सामानहरुको खरिदमा ४० प्रतिशत छुटका साथै आकर्षक उपहारहरु प्रदान गरिने छ । 

घरायसी सामानहरु खरिद गरी आफ्नो घरमा विशेष परिवर्तन ल्याउन चाहने ग्राहकहरुका लागि यो समय उत्कृष्ट अवसर हो भन्दै नेपालका लागि एलजीको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इम्पेक्सले यस अफरअन्तर्गत ४० प्रतिशतसम्म क्यास ब्याक साथै घरेलु उपकरणहरु खरिद गर्दा अकर्षक उपहार प्रदान गरेको जनाएको छ । 

Advertisement

घरेलु उपकरण अन्तर्गत साईड बाई साईड रेफ्रिजेरेटर खरिद गर्दा एलजीको माईक्रोवेभ वोभन, डबल डोर रेफ्रिजेरेटर खरिद गर्दा मिक्चर, आठ केजीसम्मको फ्रन्टलोड वासिङमेसिन खरिद गर्दा पिजनको गिफ्ट सेट, नौ केजीभन्दा माथि र वासर ड्रायर वासिङमेसिन खरिद गर्दा पिजनको इन्डक्सन कुकर, टपलोड वासिङ मेसिन खरिद गर्दा पिजनको आईरन, डिस वासर खरिद गर्दा पिजनको गिफ्ट सेट, एसी खरिदमा फ्रि जडान जस्ता उपहारहरु साथै अकर्षक छुट पनि प्रदान गरेको कम्पनीले जानकारी दिएको छ । 

साथै टिभी म्युजिक सिस्टम, भ्याकुम क्लिनर, सिङगल डोर रेफ्रिजेरेटर र एयर प्युरिफायरको खरिदमा ४० प्रतिशतसम्म क्यास ब्याक पनि प्रदान गरेको छ । यो अफर भदौ २८ गतेदेखि सीमित अवधिका लागि नेपालभर लागू हुने जनाइएको छ । 
 

Advertisement

Advertisement