महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी, जिल्ला-नगरबाट अध्यक्ष हुने किशोरको सपना अधुरै

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । शनिबार सम्पन्न मतदातको भर्खरै सम्पन्न मतगणनाबाट ढकाल विजयी भएका हुन् । कडा प्रतिस्पर्धाका बीच भएको निर्वाचनमा ढकालका प्रतिस्पर्धी पुनः पराजित भएका छन् । उनी यसअघिको निर्वाचनका सोही पदमा शेखर गोल्छासँग पराजित भएका थिए । पराजयसँगै जिल्ला नगरबाट अध्यक्ष हुने किशोरको पूरानो सपना अधुरै हुन पुगेको छ । 

वरिष्ठमा ढकालको जित भए पनि कार्यकारिणी समितिमा भने शेखर गोल्छालाई नै स्पष्ट बहुमत प्राप्त भएको छ । जिल्ला नगरतर्फ किशोरले ५३ र चन्द्रले ५२ मत मात्रै पाए पनि एशोसियट र वस्तुगतमा राम्रो मत नआउँदा किशोर पराजित भएका हुन् भने ढकाल सहजै जित हासिल गर्न सफल भएका हुन् । वस्तुगततर्फ ढकालले ५९ र किशोरले ३९ मत पाएका छन् भने एशोसियटमा ८९७ मतमध्ये चन्द्रले ५२२ र चन्द्रले ३७४ मत पाएका छन् । बाँकी मत बदर भएको छ । उपाध्यक्षमा एशोसियट सदस्यहरुले हालेको मतको भार ३० प्रतिशत, वस्तुगतको २० प्रतिशत र जिल्लाको ५० प्रतिशत हुने प्रावधान रहेको छ 

Advertisement

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन्छ । मतगणनाको नजिताअनुसार चन्द्र समूहबाट उपाध्यक्षमा एक जना र किशोर समूहबाट दुई जना विजयी भएका छन् । जिल्लामा किशोर समूहले बहुमत प्राप्त गरेको छ भने वस्तुगतमा चन्द्र र किशोर समूहका सात सात जना कार्यकारिणी सदस्य विजयी भएका छन् । एशोसियटतर्फ पनि किशोर समूहले बहुमत ल्याउने देखिएको छ । 

Advertisement

Advertisement