देशभर महामारी पूर्वतयारी र प्रतिकृया सम्बन्धी अभिमुखीकरण गरिंदै, नबिल बैंक पनि साझेदार

Advertisement

काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालय, नबिल बैंक, चौधरी फाउन्डेसन, एसियाली विपद पूर्वतयारी केन्द्र तथा एनडिआरसीको संयुक्त साझेदारीमा स्वास्थ्य आपतकालीन (महामारी) पूर्वतयारी तथा प्रतिकृयाका लागि जनचेतनामुलक कार्यक्रम संचालन भएको छ । 

स्वास्थ्य क्षेत्रमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी तथा मानवीय सेवामा कार्यरत विभिन्न संघसंस्थाहरुको क्षमता अभिवृद्धीका लागि उक्त अभीमुखीकरण कार्यक्रम संचालन गरिएको हो । स्वास्थ्य आपतकालका बेला जनस्वास्थ्य सम्बन्धी जोखिम न्युनिकरण र नेपाल जस्तो अति कम विकसित र जनस्वास्थ्य क्षेत्रमा सिमित पुर्वाधार भएको मुलुकमा सो अवस्थाको पुर्व तयारीका निम्ती जनस्वास्थ्य एवं मानविय सेवा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अविबृद्धी गर्ने उदेश्यका साथ उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ । 

Advertisement

बिराटनगरको होटेल रत्नमा सोमबार आयोजित उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकाल संचालन केन्द्र (एचइओसी) का प्रमुख डा. समिर अधिकारीले विपद पुर्वतयारी एवं व्यवस्थापनमाथि प्रकास पारेका थिए । त्यसैगरी नबिल बैंकका व्यवसायिक सामाजिक उत्तरदायित्व प्रमुख कृष्ण सुबेदी तथा प्रदेश – १ प्रमुख सुबोध लोहनीले नबिल बैंक समाज प्रती सदैव उत्तरदायी र विगत केही समयको निरन्तर अभ्यास पश्चात कार्यक्रम संचालन गर्न पाएकोमा खुसी ब्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गरे । 

एसियाली विपद् पुर्वतयारी केन्द्रका देशीय प्रतिनिधि मानबहादुर थापाले कुनै किसिमको विपदको सामना गर्नुपुर्व सबैले विपदको पुर्वतयारीमा सबैको ध्यान केन्दि«त रहनुपर्ने कुरामा विश्ँेÈ जोड दिए । त्यस्तै चौधरी फाउन्डेसनकी प्रमुख संचालन अधिकृत मेरिना रञ्जितले विपदको बेला चौधरी फाउन्डेसनले गरेको कार्यहरुको स्मरण गर्दै आपतकालका बेला व्यवस्थित रुपमा कार्य गर्न यस किसिमको कार्यक्रम फलदायी हुने विश्वास ब्यक्त गरे । 

प्रदेश न. १ को राजधानी बिराटनगरमा सोमबारबाट सुरु उक्त प्रशिक्षण कार्यक्रम क्रमश प्रदेश न. २ को बीरगंज, बागमती प्रदेशको भरतपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर तथा नेपालगंज र सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा पनि संचालन गरिने बताइएको छ ।
 

Advertisement

Advertisement