ओलीको व्याङ्ग्य– लड्डु खाएछौ, अब के पाउँछौ ? हेरौंला !

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अदालतको फैसला आएपछि मंगलबार पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले लड्डु खाएकोमा ब्याङ्ग्य गरेका छन् । माटोको विद्युतीय नक्शांकनको बुधबार उदघाटन गरेपछि उनले प्रचण्ड र माधवको तीखो व्याङ्ग्य गरे । 

संसद विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि लड्डु खाएका प्रचण्ड र माधवले अब के के पाउँछन् ? आफूलाई हेर्ने इच्छा रहेको ओलीको भनाई छ । उनले भने, ‘सर्वोच्चको फैसला सामान्य कुरा हुन्, लड्डु खाएछन्, अब के पाउँछन् हेर्नुछ ।’ सर्वोच्चको फैसलाबाट विजयी जुलुस निकाल्नेतर्फ लक्षित लक्षित गर्दै ओलीले भने, ‘के जिते ? थाहा छैन ।’

Advertisement


प्रधानमन्त्री केपी ओलीले आफूले पदबाट राजीनामा नदिने स्पष्ट संकेत पनि गरेका छन् । उनले आफूलाई राजीनामा देऊ भनिरहेको उल्लेख गर्दै त्यततर्फ चिन्ता नगरेको बताए । ओलीले हाँस्दै भने, ‘मान्छे कति खेर मर्नसक्छ जीन्दगीको ठेगान छैन । जबसम्म बाँचिन्छ राम्रो काम गरिन्छ ।’ 

उनले पदमा रहुञ्जेल जिम्मेवारी पूरा गर्ने बताए । आफूमा हिजो र आजबीच कुनै फरक नभएको बताउँदै ओलीले भने, ‘हिजो र आजमा ममा के फरक पाउनुभयो ? फरक हुनुपर्ने आवश्यकता नै छैन ।’

स्वार्थले लपेटिएकाहरुलाई मात्र कुनै घटनाले फरक पार्ने बताउँदै प्रधानमन्त्री ओलीले आफूलाई सूर्यसँग तुलना गरे । उनले भने, ‘उदाउने सूर्य पनि रातै हुन्छ, अस्ताउने सूर्य पनि रातो भएर अस्ताउँछ ।’ आफू कर्तव्य पालनामा दृढताका साथ उभिएको उनको नभाई छ । देश बनाउने र जनतालाई सुखी बनाउने दिशामा जीन्दगी रहेसम्म प्रतिवद्ध भएर लाग्ने ओलीले बताए ।

पदमा हुञ्जेल काम गर्छु भन्ने नगर्ने र पदबाट हटेपछि पद नै छैन भनी काम नगर्ने प्रवृत्ति रहेको भन्दै ओलीले त्यसमा परिवर्तन आउनुपर्ने बताए । आफूलाई कसैले नतर्साउन चेतावनी दिए । उनले भने, ‘तर्साउने काम ठिक छैन । सरकार छ काम गर्छ, विकासको काम गरिरहन्छ ।’

Advertisement

Advertisement