‘दिल्लीमा जस्तो स्वास्थ्य सुविधा नेपालमा किन गर्न सकेनौं ? भनेर मन घोच्यो’

Advertisement

काठमाडौं । उपचार गराउन इण्डियाको नयाँ दिल्ली पुगेका नेता बाबुराम भट्टराईले त्यहाँजस्तो स्वास्थ्य परीषण र स्वास्थ्य सुविधाको व्यवस्था नेपालमा किन गर्न सकेनौं ? भनेर मन घोचेको बताएका छन्  । 

पूर्वप्रधानमन्त्रीसमेत भइसकेका जनता समाजवादी पार्टीका उनले दिल्लीबाट ट्वीट गर्दै भ्यूटावर र पशुपतिमा जलहरी हाल्नुको सट्टा यतापट्टि ध्यान नगदैको भन्दै सरकारको आलोचना पनि गरेका छन् । 

Advertisement

बाबुराम लेख्छन्– दिल्लीमा डोटा–एनओसी, पीईटी स्क्यान आदि परीक्षण निम्ति चाहार्दैगर्दा हामीले देशमा यी उपकरण, सुविधाको पर्याप्त व्यवस्था किन गर्न सकेनौं भन्ने मनमा घोचिरह्यो १ केही बर्ष पहिले अर्थ र स्वास्थ्य मन्त्रालयमा यसबारे आफूले घच्घचाए पनि किन भएन ? भ्यूटावर, जलहरी सट्टा यता ध्यान खै ? नमरी स्वर्ग नदेखिने नै हो ?

मुलुकमा राजनीतिक संक्रमण चुलिएको बेला बाबुराम उपचारका लागि भन्दै एक्कासी दिल्ली पुगेका छन् । 


 

Advertisement

Advertisement