एलआईसी नेपालको ‘धनवृष्टि योजना’अन्तर्गत बीमितले पाए रु. ५० लाख भुक्तानी

Advertisement

काठमाडौं । एलआईसी नेपालले बुटवल कालिकानगर–१० का मृतक दिनेश घिमिरेको आश्रित परिवारलाई ५० लाख रुपियाँ भुक्तानी गरेको छ । गत पुस १४ गते हृदयघातका कारण ज्यान गुमाएका घिमिरेको परिवारले आईतबार भुक्तानी पाएका हुन् ।

एलआईसी नेपालले धनवृष्टि योजनाअन्तर्गत सो दाबी–भुक्तानी प्रदान गरेको हो । ४२ वर्षकै उमेरमा ज्यान गुमाएका बीमित घिमिरेले १० वर्षे अवधिका लागि बीमा गरेका थिए । अकस्मात उनको निधन भएसँगै एलआईसीले (हकवाला) श्रीमती सीता मरासिनिलाई भुक्तानी प्रदान गरेको जानकारी दिएको छ । 

Advertisement

बीमा योजना खरिद गरेको करिब डेढ वर्षमै बीमितले ज्यान गुमाएका हुन् । सो धनवृष्टि योजनामा तीन वर्षमा मनि–व्याक पाइने व्यवस्था छ । दाबी–भुक्तानी पाएसँगै आश्रित परिवारमा एलआईसी नेपालप्रतिको विश्वास बढेको बुटवलस्थित एलआईसी नेपालकी एजेन्सी म्यानेजर प्रभा ज्ञवालीले जानकारी दिइन् । 

Advertisement

Advertisement