सेयर बजारमा सामान्य गिरावट, जलविद्युत र व्यापार समूहका लगानीकर्ताले गुमाए

Advertisement

काठमाडौं । सेयर बजारमा बुधबार सामान्य गिरावट भएको छ । सेयर बजार परिसुचक नेप्से दुई दशमलव ८५ अंकले झरेर दुई हजार ६७१ दशमलव ६२ अंक कायम भएको छ भने झण्डै सात अर्ब १५ करोड रुपियाँको कारोबार भएको छ । 

आज ८२ कम्पनीका लगानीकर्ताले कमाई गर्दा ८७ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । आज सबैभन्दा धेरै कमाई गर्नेमा होटल तथा पर्यटन समूहका लगानीकर्ता छन् । यो समूहका सुचक छ प्रतिशतभन्दा बढिले बढेको छ । अघिल्ला दिनमा उच्च रहेको जलविद्युत समूहको सुचक आज भने इक दशमलव २४ प्रतिशतले झरेको छ । साल्ट्र ट्रेडिङ कर्पोरेशनको सेयरमा भारी गिरावट जारी रहँदा व्यापार समूहको सुचकमा पनि झण्डै चार प्रतिशतको गिरावट भएको छ । लघुवित्त समूहका लगानीकर्ताले भने राम्रै कमाई गरेका छन् । 
 

Advertisement

Advertisement

Advertisement