त्रिकोणात्मक टी–२० सिरिजः नेपाल नेदरल्याण्ड्ससँग पराजित

Advertisement

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत मंगलबार भएको तेस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको छ ।

नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको अर्धशतक बनाउनुका साथै सन्दीप लामिछानेको ४ विकेट लिन सफल भएका थिए । 

Advertisement

यसअघि शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेकोमा आज उसले नेपालसँग बदला लिएको छ । आजको जितसँगै नेदरल्याण्ड्सले ४ अंक बटुल्न सफल भएको छ । 

अब नेपालले अन्तिम लिग खेल मलेसियासँग बिहीबार खेल्ने छ । नेपालले पनि अहिलेसम्म २ खेल जितेर ४ अंक नै जोड्न सफल भएको छ । तर रन रेटको आधारमा नेपाल अगाडि छ । 

Advertisement

Advertisement