ओलीले अहिले विश्वासको मत लिन खोज्नु नाटकीय छः प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आएर पूधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिन खोज्नु नाटकीय भएको बताएका छनु । सोमबार संसदमा बोल्दै उनले फेरि मध्यावधिमा जान विश्वासको मत लिन संसदमा आएको त होइन ? भनी प्रश्न पनि गरे । 

विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि संसदमा सोमबार भएको छलफलमा प्रचण्डले पार्टीको आन्तरिक झगडाका कारण प्रधानमन्त्रीले संसद भंग गरेको स्मरण गर्दै भने, ‘तपाईले विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीजी ?’

Advertisement

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने वा अदालतले दुई अलग अलग पार्टी बनाइदिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्नेमा नलिएको बताउँदै प्रचण्डले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा फैसला मान्न तयार नभएको प्रष्ट भएको बताए । उनले भने, ‘आज यदि तपाईले विश्वासको मत प्राप्त हुँदैन । त्यसपछि संविधानको अर्को धारामा जान्छु र सदनलाई फेरि विघटन गर्न र मध्यावधिमा जान आउनु भएको त होइन ?’

समर्थन छिटो फिर्ता लिए फेरि संसद विघटन गर्ने हो कि ? भन्ने डरले मात्र आफूहरुले विश्वासको मत फिर्ता नलिएको तर्क गर्दै प्रचण्डले अहिले विश्वासको मत लिन आउनु नाटकीय भएको भबताए । 

नीति तथा कार्यक्रम र बजेटका लागि नियमित अधिवेशन बोलाउनुपर्ने बेला विश्वासको मत लिन विशेष अधिवेशन बोलाउनु पनि सन्देहात्मक भएको प
प्रचण्डको भनाई छ । उनले भने, ‘नियमित अधिवेशन बोलाएर त्यसमै विश्वासको मत लिए हुन्त्यो तपाईंले यो सब छल्न यो (विशेष अधिवेशन) बोलाएको त होइन ?’

प्रचण्डले ओलीको राजीनामा पनि मागे । उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै भने, ‘प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दछु ।’

Advertisement

Advertisement