आफूलाई महन्थले साथ नदिने भएपछि ओलीलाई रोक्न बाबुरामलाई अघि सार्ने देउवाको रणनीति

Advertisement

काठमाडौं । जसरी हुन्छ प्रधानमन्त्रीमा केपी ओलीको निरन्तरता रोक्न नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र महतो समूह लागिपरेको छ । संसदमा ओलीले विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनका लागि दल र नेताहरूको सक्रियता बढेको बेला बाबुराम एकाएक अगाडि देखा परेका हुन् । 

बाबुरामलाई अघि सार्दा महन्थ ठाकुर पक्ष बाध्य भएर आफ्नो दलको नेतालाई भोट हाल्न बाध्य हुने ओलीको नेतृत्वमा बहुमत दलको सरकार बनाउने रणनीति असफल हुने विश्वास काँग्रेसी नेताहरू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छ । 

Advertisement

ओलीले विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखको विहानसम्म बहुमतको नयाँ सरकार निर्माणको आव्हान गरेकी छिन् । देउवालाई अघि सार्दा ठाकुर समूहले मत नदिने र कसैको पनि बहुमत नपुगेर सरकार बन्न नसकेपछि राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो दललाई सरकार बनाउन आव्हान गर्ने अवस्था आउने देखेपछि वैकल्पिक प्रधानमन्त्रीमा प्रस्तावित काँग्रेस सभापति शेरबहादुर देउवाले ‘बाबुराम’ हतियार प्रयोण गर्ने रणनीति बनाइरहेको स्रोतको दाबी छ । 

जसपाका आधा साँसद प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेका छन् भने आधा देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा देखिएका छन् । पार्टीमा दुई धार बनेसँगै जसपा विभाजनको अवस्थामा पुगेको छ । पार्टी फुट्ने स्थिति भएपछि सोमबार प्रधानमन्त्रीको विश्वासको मतका लागि भएको मतदानमा ह्वीप समेत जारी गरिएन् । 

जसपाका नेता उपेन्द्र महतो प्रचण्ड र देउवासँग मिलेर वैकल्पिक सरकार बनाउन लागिपछि ठाकुरले गएराति विज्ञप्ति जारी गरी सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपाको उद्देश्य विपरित भएको बताएका छन् । उनले साथ नदिने हो भने ओलीको विकल्पमा नयाँ सरकार बनाउने कुरा असफल हुन्छ । 

ठाकुर समूहका कारण देउवाको नेतृत्वमा सरकार बन्ने सम्भावना कमजोर हुँदै गएको छ । जसपाले नै सरकारको नेतृत्वको दाबी गर्न सक्छ । जसपालाई सरकारको नेतृत्व दिन प्रचण्ड तयार भएपनि देउवा देखिदैनन् । देउवाले ओलीको विकल्प खोज्न जसपाको सरकारको नेतृत्व दाबीलाई मान्नुपर्ने हुन्छ । होइन भने ओली नै अल्पमतको प्रधानमन्त्री बनेर चुनावमा जान्छन् ।

अहिलेको सत्ता संघर्षले देउवा प्रधानमन्त्रीबाट रोकिने समभावना बढेर गएको छ । दौडमा ओली र डा। बाबुराम भट्टराईनै अगाडि देखिएका छन् । बाबुरामको विकल्पमा महन्थको सम्भावना पनि रहन सक्छ । तर, अबको प्रधानमन्त्रीको मुख्य प्रतिष्पर्धा ओली र बाबुरामबीच देखिएको छ ।

देउवा रिङबाट आउट हुने अवस्था बन्दैछ । यस्तो अवस्थामा निर्णायक शक्ति जसपा नै बन्ने र उसले सरकारको नेतृत्व दाबी गर्ने ठाउँ बलियो हुने देखिन्छ ।

Advertisement

Advertisement