एसियन लाइफले कमायो १८ करोड नाफा, बीमा  कोषमा २४ अर्ब रुपियाँ

Advertisement

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्म आउदा कम्पनीले १८ करोड २१ लाख ११ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ । 

कम्पनीको नाफा गत वर्षको सोही अवधिको भन्दा ३९.३१ प्रतिशतले धेरै हो । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड सात लाख २२ हजार रुपियाँ खुद नाफा कमाएको थियो । 

Advertisement

यस अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार पनि बढेको छ । कम्पनीको जीवन बीमा कोषको आकार २६.१७ प्रतिशतले बढेर २५ अर्ब ४२ करोड ८ लाख २७ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यसको जीवन बीमा कोषमा २० अर्ब १४ करोड ८० लाख ३२ हजार रुपियाँ थियो । 

यस अवधिसम्म कम्पनीको खुद बीमा  शुल्क ४८.१० प्रतिशतले बढेर चार अर्ब ५९ करोड ९ लाख ७० हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यसले ३ अर्ब ९ करोड ९८ लाख ३८ हजार रुपियाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

चैत मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी दुई अर्ब एक करोड सात लाख ६० हजार रुपियाा र जगेडा कोषमा ७३ करोड चार लाख २१ हजार रुपियाँ छ । प्रतिसेयर आम्दानी वार्षिक १२ रुपियाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपियाँ ८४ पैसा रहेको छ । 

Advertisement

Advertisement