कोभिडले गर्दा सुचना प्रविधिसम्वन्धी नीतिलाई परिस्कृत गर्नुपर्ने देखियोः मन्त्री गुरुङ

Advertisement

काठमाडौं । सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड १९ का कारण सुचना प्रविधिमा आधारित सेवाको आवश्यकता र महत्व बढेको भन्दै यससम्वन्धी नीतिमा परिस्कृति गर्नुपर्ने अवस्था आएको बताएका छन् । 

विश्व दूरसञ्चार तथा सुचना समाज दिवसका अवसरमा सोमबार उनले कोभिड १९ को लहर कतिसम्म आउने हो ? र यो समस्या कहिलेसम्म रहने हो टुँगो नभएकोले प्रविधिमा आधारित सेवालाई अझै सुदृढ गर्नुपर्ने देखिएको बताए । 

Advertisement

गुरुङले मानवीय र संवृद्धिका हिसावले पनि सुचना प्रविधिको विकासलाई प्राथमिकता दिनुपर्ने जरुरी रहेको औंल्याउँदै सुचना प्रविधिको पूर्वाधार विकासका लागि अरु मुलुकहरूसँग नेपाल सँगसँगै अघि बढ्ने बताए । ‘विश्वको गतिसँग दौडिने प्रयास गरिरहेका छौं । डिजिटल सेवालाई सहज र गुणस्तरीय बनाउन हामी चिन्तित छौं’, उनले भने । 

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले शहर र ग्रामिण क्षेत्रबीच प्रविधिको पहुँचमा रहेको अन्तर हटाउन पूर्वाधार विकास, जनचेतनामा ठूलो लगानी गर्नुपर्ने जरुरी देखिएको बताए । उनले डिजिटल नेपाल फ्रमओर्कको काम कार्यान्वयनमा रहेको बताउँदै सरकारी सेवालाई पनि पूर्णरुपमा डिजिटललाइज गर्नेगरी काम भइरहेको बताए ।  

Advertisement

Advertisement