दुर्गा प्रसाईंको ‘बिएण्डसी’ले मेडिकल कलेजको सम्वन्धन पाउन लाग्यो

Advertisement

काठमाडौं । लामो समयदेखिको विवाद र प्रतिक्षापछि विर्तामोडस्थित बी एण्ड सी हस्पिटललाई मेडिकल कलेजको सम्वन्ध दिने प्रक्रिया अघि बढाइएको छ । काठमाडौं विश्वविद्यालयले सम्वन्धका लागि प्रक्रिया अघि बढाउँदै चिकित्सा शिक्षा आयोगलाई पत्र पठाएको छ । 

विश्वविद्यालयको ६२५औं बैठकले बिएण्डसीलाई सम्बन्धन दिने निर्णय गरेको र सोही क्रममा आयोगमा पत्र पठाएको खुल्न आएको छ । विश्वविद्यालयको विज्ञ टोलीले अस्पताल निरीक्षण गरिसकेको भन्दै मेडिकल कलेज कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई चिठी लेखेको छ । विश्वविद्यालयको टोलीले वैशाख २२ देखि २६ गतेसम्म बिएण्डसीको निरीक्षण गरेको थियो ।

Advertisement

कलेजका प्रवन्ध सञ्चालक दुर्गा प्रसाईंले सबै मापदण्ड पूरा हुँदा पनि आफूहरूलाई सम्वन्धन नदिएको भन्दै विरोध जनाउँदै आएका थिए । चिकित्सा शिक्षा तथा चिकित्सा सेवा सुधारका अभियन्ता दुर्गा प्रसाईंले उक्त सम्वन्धन दिने कुराको विरोध गर्दै आएका थिए । 

चिकित्सा शिक्षा ऐन जारी भइसकेपछि कुनै पनि मेडिकल कलेजले आशय पत्र तथा सम्बन्धन स्वीकृतिका लागि चिकित्सा शिक्षा आयोगमा निवेदन दिनुपर्ने प्रावधान छ। ऐनमा एउटा विश्वविद्यालयले राजधानीमा पाँच भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने प्रावधान छ। तर, काठमाडौं उपत्यकाबाहिर भौतिक पूर्वाधार तयार भएको मेडिकल कलेजलाई सम्बन्धन दिन बाधा गरिने छैन भनिएको छ ।

Advertisement

Advertisement