युनाइटेड फाइनान्स नबिलमा बिलय, पहिलो संस्था प्राप्तिसँगै एकीकृत कारोबार सुरु

Advertisement

काठमाडौं । नबिल बैंकर युनाइटेड फाइनान्स एक भएपनि आइतबारबाट एकीकृत काराबोर सुरु भएको छ । नबिल बैंकले युनाइटेड फाइनान्स प्राप्ति गर्न १७ वैशाखमा सम्झौता गरेको छ । सम्झौता अनुसार एकीकृत कारोबार सुरु भएको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले एकीकृत कारोबारको उद्घाटन गरेका छन् ।

नेपाल राष्ट्र बैंकले एक साता अगाडि नै यी दुई संस्थाको एक हुने सम्झौतालाई अन्तिम स्वीकृति दिएको थियो । एकीकृत कारोबार सुरु भएसँगै युनाइटेड फाइनान्स नबिलमा बिलय भएको छ भने नबिल बैंकको नामबाटै एकीकृत कारोबार सुरु भएको छ ।

Advertisement

नबिलले युनाइटेडलाई १ः०.३५ को स्वाप अनुपातमा प्राप्ति गरेको हो। यसको अर्थ प्राप्तिपछि युनाइटेड फाइनान्सको सय कित्ता सेयर बराबर नबिलको ३५ कित्ता कायम भएको छ।

नबिल बैंकले पहिलोपटक संस्था प्राप्ति गरेको हो। नबिल र युनाइटेड दुवै विदेशी संयुक्त लगानीका वित्तीय संस्था हुन् । नबिलमा ५० प्रतिशत लगानी विदेशी छ भने युनाइटेडमा भारतको मुथूट फाइनान्सको लगानी छ । नबिलमा जस्तै युनाइटेडमा पनि चौधरी समूहको लगानी छ । युनाइटेडमा वसन्त चौधरीको लगानी छ । 

नबिल बैंकको अन्तिम सेयर मूल्य १२९७ रुपैयाँ छ । युनाइटेडको ४२३ रुपैयाँ छ। अहिले युनाइटेडको सेयर कारोबार रोक्का छ । नबिलको मर्जरअघि चुक्ता पुँजी १३ अर्ब ४८ करोड रुपैयाँ थियो। साबिकको युनाइटेडको एक अर्ब चार करोड थियो । अब युनाइटेडको पुँजीबाट नबिलमा ३६ करोड ४२ लाख रुपैयाँ थपिएर पुँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

Advertisement

Advertisement