भिभोको नयाँ स्मार्टफोन ‘भी २१’ आजबाट बजारमा, अरुभन्दा फरक विशेषता

Advertisement

काठमाडौं । मोवाइलको लोकप्रिय ब्राण्ड भिभोले नयाँ स्मार्टफोन ‘भी २१’ मंगलबारबाट बजारमा ल्याएको छ । यो फोन आफूले लामो समयदेखि उत्पादन गर्दै आएको भी सिरिजको अत्याधुनिक स्मार्टफोनमा पर्ने कम्पनीले जनाएको छ । 

भी २१ को क्षमता उच्चस्तरीय हुनका साथै ग्राहकको अभिरुचि अनुसारको सुपथ मूल्य निर्धारण गरिएको जनाइएको छ । यसमा आकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) भएको फ्रन्ट क्यामेरा जडान गरिएको छ । स्लिक र स्लिम छ भी २१ मा नयाँ अनुभव प्रदान गर्ने गरी आधुनिक प्रविधि समावेश गरिएको भिभो नेपालको भनाई छ ।

Advertisement

यो फोनमा ४४ एमपीओआईएस नाइट सेल्फी प्रणालीको फ्रन्ट क्यामेरा राखिएकोछ । यसले आकर्षक फोटो उत्पादन गर्दछ । ४४ एमपी ओआईएसले कम प्रकाशमा राम्रो फोटो निकाल्न सक्दछ । यसबाट प्रयोगकर्ताले राम्रो सन्तुष्टि लिन सक्नेछन् भन्दै कम्पनीले ६४ एमपीओआईएस नाइट क्यामेराले उच्चस्तरको फोटोग्राफीको अनुभव प्रदान गर्ने बताएको छ । ओआईएसले अल्ट्रास्टेबल भिडियो आदि तयार गर्न पनि मद्दत गर्दछ । यसबाट अर्काेतर्फ अतिरिक्त विशेषता भएको वाइड एङगल फोटोग्राफी र म्याक्रो फोटोग्राफी लिन सकिन्छ ।


मौलिक विशेषता भएको भी २१ ले पावर कनेक्टिभिटी र स्पिडले आधुनिक उच्च प्रविधिसँग परिचित र अतिरिक्त क्षमता खोज्ने ग्राहकलाई समेत सन्तोष प्रदान गर्ने कम्पनीको भनाई छ । यसको विशेष प्राविधिक क्षमताले गर्दा ग्राहकहरुले वरिपरिको वातावरण र घटनालाई आफ्नो स्मार्टफोनमा क्याप्चर गर्न सक्छन् ।

भी २१ को बजार प्रवेशसँगै भिभो नेपालले अभिनेता प्रदीप खड्कालाई ब्राण्ड एम्बेस्डरको रुपमा अनुबन्धित गरिएको छ । भी २१ को बजार प्रवद्र्धनमा उनको दृश्यहरू महत्वपूर्णरुपमा समावेश गरिएको जनाइएको छ । उनको अभिनय कुशलताले युवापुस्तामा विशेष प्रभाव पार्नुका साथै भिभो ब्राण्डप्रति उनीहरुको आकर्षण बढ्दै जाने, स्थानीय उपभोक्ताहरुले पनि भिभोप्रति आत्मियता देखाउने कम्पनीको विश्वास छ ।

बिक्रीको शुभारम्भको अवसरमा आयोजित समारोहमा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले आफ्ना ग्राहकहरुको चाहना पूरा गर्ने गरी भी २१ नयाँ उत्पादन बजारमा ल्याएको बताए । अप्टिकल इमेज स्टेबलाइजेसनको सहयोगमा उद्योगले अग्रणी भूमिका खेल्नुका साथै स्मार्टफोन फ्रन्ट क्यामेराकोे भविष्यमा क्षेत्र बिस्तार गर्दे जाने उनको भनाई छ । यसको मौलिक फिचर डिजाइन र अतुलनीय क्षमताले जीवनपद्धतीमा प्रभाव पार्ने मार्सको भनाई छ ।

भिभो नेपालका ब्राण्ड म्यानेजर पेङ्ग दाले भी सिरिज उत्कृष्ट र मूल्यवान हुनुका साथै नाइट सेल्फि क्यामेराले राम्रो परिणाम दिने भएकोले त्यसमा हामी गौरव गर्दछांै भने । उनले बजार रणनीतिमा स्थानीय प्रतिष्ठित व्यवसायीसँग मिलेर काम गर्दा राम्रो परिणाम आउने आशा व्यक्त गरे । 

उत्कृष्ट नाइटभिजन सहितको फ्रन्ट क्यामेराले अप्टिकल इमेज स्टेबलाइजेसनको विशेषता राख्दछन् । भी २१ मा आफ््नै मौलिकता सहितको ४४ एमपी क्यामेरा ओआईएस र ईआईएस (इलेक्ट्रिोनिक इमेज स्टेबलाइजेसन) समेत संलग्न गरिएकोले जहिले र जहाँ पनि अल्ट्रास्टेबल सटले राम्रो र उत्कृष्टस्तरको फोटो र भिडियो खिच्न सक्दछ । उत्कृष्ट हार्डवेयर र सफ्टवेयरका कारण जुनसुकै अवस्थामा पनि उच्चगुणस्तरको भिडियो खिच्न सक्दछ । 

भी २१ ले नाइटसट, एक्सन सट र ४ के भिडियो क्याप्चर गर्दछ । यदि कुनै अवस्थामा पर्याप्त प्रकाश छैन भने पनि ४४ एमपी ओआईएस सुपर नाइट सेल्फीको मद्दतले राम्रो दृश्य निकाल्न सकिन्छ । फोटोमा नोइज नियन्त्रण गर्नका साथै सफा र उज्यालो फोटो उत्पादन गर्ने यसको विशेषता हो । एआई नाइट अल्गोरिदमले पृष्टभूमिलाई पर्याप्त प्रकाश दिनुका साथै अनावश्यक फोटोको नोइज नियन्त्रण गर्दछ ।

कम प्रकाशमा पनि क्यामेराको क्षमता बिस्तार गरी उत्कृष्ट फोटो खिच्न सक्ने प्रविधि भी २१ म समावेश गरिएकोछ । यसो गर्नमा ओएलइडी जस्तो प्रविधि जोडिएको छ । यसले फोटो र रेकर्डिङ्गमा राम्रो परिणाम ल्याउँछ ।

भी २१ म विभिन्न विशेषता रहेकाछन् र दोहोरो दृश्य भिडियो खिच्न सक्दछ जसमा आर्ट फोटोहरू समावेश गर्न सकिन्छ । यस्ता फोटो सहजै खिच्न सक्ने क्षमता भी २१ मा छ ।

यो ७.२९ एमएम अल्ट्रा स्लिम डिजाइनमा प्राप्त हुनुका साथै सोफेष्टिकेसनको सन्देश दिन्छ । भी २१ ले ग्राहकको इच्छा पूरा गर्ने ७.२९ एमएम स्लीम र सोफेस्टिकेटेड भएकोले यसको माग बढ्दै जाने छ । भी २१ आधुनिक प्रविधिको उत्कृष्ट नमूनाको रुपमा बजारमा आएकोछ । यो स्मार्ट फोन एम.टि.के डाइमेन्सिटी ८०० यु प्रोसेसर मा चल्दछ भने यसमा ९० हर्जको डिस्प्ले रिफ्रेस रेट रहेको छ । भी २१ मा ३३ वाटको फ्ल्यास चार्ज उपलब्ध छ । यो फोन आजबाट ४९ हजार ९९९ रुपियाँमा उपलब्ध भएको भिभो नेपालले बताएको छ ।

Advertisement

Advertisement