मोबाइल सेवाको गुणस्तर परीक्षणः एनसेल अब्बल, स्मार्टसेल सबैभन्दा कमजोर

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको छ । यस्तो गुणस्तर परीक्षण एनसेल अब्बल देखिएको छ भने स्मार्टसेल कमजोर भएको पाइएको छ । 

प्राधिरकणले आइतबार सार्वजनिक गरेको २०७७ चैतदेखि २०७८ जेठसम्म गरेको काठमाडौं उपत्यकाकमा मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) प्रतिवेदनका अनुसार कल स्थापना हुन लाग्ने समय र सफलताको दरमा एनसेल अब्बल रहेको छ ।

Advertisement

एनसेलको कल स्थापना हुन लग्ने समय जम्मा ५.२७ सेकेण्ड छ भने यसको सफल सफलताको दर ९४.४३ प्रतिशत रहेको छ । यस्तो कल स्थापना हुन लाग्ने समय सबैभन्दा बढी स्मार्ट टेलिकमको १०.२७ प्रतिशत र सफलता दर ८४.४७ प्रतिशत मात्रै छ । तथ्यांक अनुसार नेपाल टेलिकमको कल स्थापन हुन लाग्ने समय ९.३४ सेकेण्ड र कल स्थापना हुन लाग्ने सफलताको दर भने ९०.५१ प्रतिशत मात्रै छ । यसले कल स्थापनामा एनसेल अब्बल, नेपाल टेलिकम मध्य र तुलनात्मक रुपमा स्मार्ट टेलिकम कमजोर रहेको देखिएको छ ।

प्राधिकरणले तोकको आफैं फोन विच्छेद हुने दरमा पनि एनसेलको सबैभन्दा कम ०.२ प्रतिशत छ । यस्तो दरमा भने सबैभन्दा कमजोर टेलिकमको ०.८७ र मध्यम दर स्र्माटको ०.४५ प्रतिशत रहेको पनि देखिएको प्राधिकरणले सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख छ ।
 

Advertisement

Advertisement