शेखर गोल्छा उमेशको पक्षमा उभिएः के निजी क्षेत्रका कुशल व्यवस्थापकले राजनीति गर्न मिल्दैन् ?

Advertisement

काठमाडौं । नेपाली काँग्रेस नेतृत्वको सरकारले स्वास्थ्य राज्यमन्त्रीमा शिक्षा व्यवसायी उमेश श्रेष्ठलाई नियुक्त गरेपछि चर्को आलोचना भइरहेको बेला नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा उमेशको पक्षमा उभिएका छन् । 

उनले सामाजिक सञ्जालमार्फत उमेशलाई राज्यमन्त्री बनाउने सरकारी निर्णयप्रति आइरहेको आलोचनाको प्रतिवाद गर्दै निजी क्षेत्रका कुशल व्यवस्थापकले किन राजनीति गर्न तथा मन्त्री हुन हुँदैन् ? भन्ने ढंगले प्रश्न उठाएका छन् । 

Advertisement

गोल्छाले ट्वीट गर्दै भनेका छन्, ‘राजश्व र रोजगारीको मुख्य माध्यम निजी क्षेत्र हो। तर समृद्धिको ठूलो हिस्सेदार अपहेलित भइरहनु दुर्भाग्यपूर्ण छ। निजीक्षेत्रका कुशल व्यवस्थापक, राज्य संयन्त्र पनि प्रभावकारी रुपमा संचालन गर्न सक्छन । अनुमानको भरमा पुर्वाग्रह राखेर निजी क्षेत्रको मान मर्दन कहि कतैबाट पनि हुनु हुदैन ।’ उमेश श्रेष्ठ लिटिल एन्जलस स्कुलका सञ्चालक हुन् । उनी एक सफल व्यवसायीको रुपमा चिनिन्छन् ।

राजश्व र रोजगारीको मुख्य माध्यम निजी क्षेत्र हो। तर समृद्धिको ठूलो हिस्सेदार अपहेलित भइरहनु दुर्भाग्यपूर्ण छ। निजीक्षेत्रका कुशल व्यवस्थापक, राज्य संयन्त्र पनि प्रभावकारी रुपमा संचालन गर्न सक्छन । अनुमानको भरमा पुर्वाग्रह राखेर निजी क्षेत्रको मान मर्दन कहि कतैबाट पनि हुनु हुदैन

— Shekhar Golchha (@golchha_shekhar) July 26, 2021

Advertisement

Advertisement