माओवादीको जनमैत्री हस्पिटलले सत्ताको आडमा १३ वटा बैंकको ३३ करोड ऋण तिरेनन्ः ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ताको आडमा नेकपा माओवादी केन्द्रका नेताले १३ जटा बैंकलाई ऋण नतिरेको भन्दै आलोचना गरेका छन् । 

आफ्नै पार्टीसम्वद्ध एक कार्यक्रममा बिहीबार बोल्दै ओलीले भने, ‘एउटा मैत्री भन्ने हस्पिटल थियो । त्यो मैत्री हस्पिटलमा उनीहरूले १३ वटा बैंकहरूबाट बलजफती ३३ करोड रुपियाँ ऋण लिएको रहेछ । अहिलेसम्म त्यो ऋण तिरेको छैन् । बैंकहरू दंग परेका छन् । हस्पिटल पनि छैन् ऋण लिने मान्छे भेटिन्छ । बैंकले बोल्न पनि सक्दैन् ।’

Advertisement

उक्त अस्पताल हालका अर्थमन्त्री जनार्दन शर्मालगायतको रहेको बताइँदै आएको छ । ओलीले अर्थमन्त्री र सत्ता गठवन्धनका दलको आलोचना गर्ने क्रममा जनमैत्री अस्पतालको प्रसंग कोट्याएका हुन् । सत्ताको बलमा माओवादीका नेताले बैंकको ऋण नतिरेको र बैंकहरूले पनि पैसा माग्न नसकेको भन्दै थपे, ‘उनीहरू पावरफुल छन् । पावरफुल पनि झण्डु पावरफुल छन् । बोल्यो भने टोक्दिने । चिर्थोदिने । चुप्प लागेर आफ्नो कार्यालयमा मिटिङ गरिरहेकालाई त हमला गर्न जान्छन् भने ‘मेरो खाएको ऋण तिर’ भन्दा तिनले के गर्लान् ? छोइसक्नु छ तिनीहरू ! त्यही भएर बैंक ऋण उठाउन पनि जाँदैन् ।’ ओलीले अर्थमन्त्री शर्माले अराजक ढंगले काम गरेको भन्दै आलोचना पनि गरे ।

Advertisement

Advertisement