रौतहट र बारामा राष्ट्रिय बीमा जागरण कमिटी गठन

Advertisement

काठमाडौँ । महालक्ष्मी लाईफले रौतहट र बारा जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटी गठन गरेको छ । 

यसैक्रममा रौतहट जिल्लामा राजेशकुमार शाहको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय बीमा जागरण जिल्ला कमिटी गठन भएको हो । शनिबार दुर्गा भगवती गाउँपालिका सामूदायिक भवनमा  एक कार्यक्रमबीच राष्ट्रिय बीमा जागरण जिल्ला कमिटीको गठन गरिएको हो । उक्त कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो । 

Advertisement

शम्भु सिंहको अध्यक्षतामा संचालन भएको कार्यक्रममा महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले  प्रशिक्षण दिएका थिए । बीमा जागरण राष्ट्रिय अभियानका केन्द्रीय सदस्य रिषिकान्त गुप्ता , रामाशंकर प्रसाद यादव र गाउँपालिका वडा नं ३ का अध्यक्ष डिके झाले बीमा जागरणको महत्व बारेमा प्रकाश पारेका थिए । 

त्यसैगरी बारा जिल्लाको निजगढमा एजेन्सी म्यानेजर विनोद खरेलको संयोजकत्वमा २१ सदस्यीय बारा जिल्ला राष्ट्रिय बीमा जागरण कमिटि गठन गरिएको छ । उक्त नवगठित कमिटीको अग्रसरतामा गौरीशंकर क्याम्पस, निजगढमा आज  बीमा जनजागरण तथा सचेतना कार्यक्रम सञ्चालन भएको हो । ४५ जनाको सहभागिता रहेको कार्यक्रममा क्याम्पस प्रअ रामप्रसाद गौतमले मन्तव्य राखेका थिए । कार्यक्रममा कम्पनीका मार्केटिङ प्रमुख प्रशान्तराज धमला र एजेन्सी विभाग प्रमुख सिताराम धिमालले बीमाको महत्व र आवश्यकताको बारेमा प्रकाश पारेका थिए । 

Advertisement

Advertisement