नेपाल हस्तकला महासंघले मंसिर पहिलो साता मेला आयोजना गर्ने

Advertisement

काठमाडौं । नेपाल हस्तकला महासंघले हरेक बर्ष आयोजना गर्दै आएको हस्तकला व्यापार मेलाको १८औं संस्करण आउँदो मंसिर ३ गतेदेखि ५ गतेसम्म आयोजना गरिने भएको छ । महासंघले उक्त मितिमा मेलासँगै कला प्रतियोगिता आयोजना गर्न लागेको हो ।

कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई पुनः चलायमान बनाउन यो मेलाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

Advertisement

मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवामार्फत गराउने आयोजकको योजना छ । मेला अवलोकनका लागि नेपालस्थित विभिन्न मुलुकका कुटनीतिक नियोगका प्रतिनिधि र अन्य विसशष्ट पदाधिकारी पनि आमन्त्रण गरिएको छ । 

मेलालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको साथै सहयोगी संघ संस्थाहरुको पनि सहयोग रहने छ । व्यापार मेलामा हस्तकलालगायत विभिन्न वस्तुहरुको करिब १२० वटा स्टल रहने छ । 

मेलाको प्रमुख आकर्षणको रुपमा कला प्रतियोगिता अन्तंगत नेच्यूरल फाईवर (प्राकृतिक रेसा) र फिलगिरी गरी २ वटा विधामा प्रतिस्पर्धा गराइने छ । त्यस्तै ७० वर्ष नाघेका ज्येष्ठ कलाकारका हस्तकला वस्तुहरु विदेशी बजारमा निर्यात गर्ने उत्कृष्ट निकासीकर्ताहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको छ ।

Advertisement

Advertisement