एमसीसी पास गराउन फतिमा सुमारभन्दा वरिष्ठ अमेरिकी अधिकारी नै भोलि नेपाल आउने

Advertisement

काठमाडौं । अमेरिकी संस्था एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन)सँग भएको सम्झौता अनुमोदनका लागि फतिमा सुमार नेतृत्वको एमसीसीको प्रतिनिधिमण्डल नेपाल भ्रमण गरेर फर्किएको विषय सेलाउन नपाउँदै अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी नै नेपाल आउने भएका छन् । 

अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ कूटनीतिक अधिकारी नेपाल आउन लागेका हुन् । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनल्ड लू नेपाल आउन लागेको परराष्ट्र स्रोतले जानकारी दिएको छ । 

Advertisement

उनले प्रधानमन्त्री शेरबहादुर देउवादेखि अन्य राजनीतिक दलका शीर्ष नेता र अन्य सरकारी अधिकारीहरूलाई भेट्ने कार्यक्रम छ । बुधवार काठमाडौं आउन लागेका लूको भ्रमणको मुख्य एजेण्डा एमसीसी रहेको जनाइएको छ । 

ठूला दलका केही नेता र साना दल र समूहले एमसीसी नेपालको विदेश नीति र राष्ट्रिय हितविपरित रहेको भन्दै विरोध जनाइरहेको बेला यसलाई पास गराउनुपर्छ भन्ने अर्को पक्षले पनि दबाब दिइरहेको छ । पछिल्लो समयमा निजी क्षेत्रका संगठनहरुमार्फत एमसीसी पास गर्न सरकारलाई दबाब दिइएको छ । 

Advertisement

Advertisement