सिभिल बैंकको अध्यक्षमा पाण्डे, बैंकलाई गति दिने प्रतिबद्धता

Advertisement

काठमाडौं । सिभिल बैंक सञ्चालक समिति बैठकले सञ्चालक प्रतापजङ पाण्डेलाई सर्वसम्मत रूपमा अध्यक्ष छनोट गरेको छ । समितिको बुधबारको बैठकबाट उनी अध्यक्ष चयन भएका हुन् । 

अध्यक्ष पाण्डेले आफूलाई अध्यक्ष चयन गरेको र अब बैंकलाई थप गति दिने प्रतिवद्धता जनाएका छन् । उनले भने 
 ‘बैंकले सञ्चालक समिति अध्यक्ष चयन गरेकोले अब बोर्ड बैठक बस्न सहज हुनेछ । ’ पाण्डेले बैंकलाई थप गति दिन आफू प्रतिवद्ध रहेको पनि बताए ।

Advertisement

यसअघिका अध्यक्ष इच्छाराज तामाङ सहकारीका सदस्यहरुको निक्षेप भुक्तानी नगरेको आरोपमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेपछि बैंकले नयाँ अध्यक्ष चयन गरेको हो । 

Advertisement

Advertisement