मंसिर १५ बाट गोलाप्रथा लागू गर्ने सर्वोच्चको फुलकोर्टको निर्णय

Advertisement

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको बिहीबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको छ । 

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरिएकोमा मंसिर १५ बाट त्यसलाई कार्यान्वयनमा ल्याउने निर्णय भएको हो । 

Advertisement

संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेपछि आफ फुलकोर्ट बसेको हो । प्रधानन्यायाधीशले सर्वोच्चका इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेकोमा त्यसमा चलखेल भएको भन्दै वकिलहरुले गोलाप्रथा तथा अटोमेशनमा जानुपर्ने माग गर्दै आएका छन् । 

Advertisement

Advertisement