शुल्क बढाएको विरोधमा केएमसीमा विद्यार्थीले लगाए ताला

Advertisement

काठमाडौं। सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका विद्यार्थीले कलेज ताजाबन्दी गरेका छन् । 

चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै विभिन्न दलनिकट विद्यार्थी संगठनले संयुक्तरुपमा तालाबन्दी गरेको हुन् ।

Advertisement

कलेजले बढी शुल्क मागेपछि विद्यार्थीहरु केही हप्तादेखि विरोधमा थिए । उनीहरुले एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा रहेका विद्यार्थीहरुसँग अतिरिक्त शुल्क मागेको, अभिभावकलाई धम्की दिएको जस्ता आरोप लगाउँदै तालालबन्दी गरेको हो ।

कलेजले भने नियमअनुसार सरकारले शुल्क बढाउन बेवास्ता गरेको भन्दै यसअघि तोकिएको शुल्कले बढ्दो महंगीमा खर्च धान्न आफूहरु असमर्थ भएकाले शुल्क बढाउनुपरेको बताएको छ । कलेजले शुल्क बढ्नसक्ने शर्त मानेर नै विद्यार्थीहरु भर्ना हुन तयार भए पनि अहिले राजनीतिक हस्तक्षेप गरी विद्यार्थीका नाममा कलेजमा आन्दोलन गर्ने काम भएको तर्क गर्दै आएको छ । 

Advertisement

Advertisement