नेप्से सय अंक तल झर्यो, आठ कम्पनीबाहेक सबैको मूल्य घट्यो

Advertisement

काठमाडौँ । शेयर बजार ओरालो झर्ने क्रम जारी छ । हिजो जस्तै आज पनि बजार ओरालो झरेको हो । नेप्सेका आज बजार १००.१० अंकले तल झरेको छ । ३.४३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २८२०.४१ अंकमा ओर्लिएको छ । 

आज २२८ कम्पनीका १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७.५७ रुपियाँ बराबरको कारोबार भएको हो । 

Advertisement

बजार उच्च अंकले घटे पनि आज दुई कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । 

नेप्सेमा सूचीकृत कम्पनी मध्ये आठ वटा बाहेक सबैको मूल्य घटेको छ ।

आज कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा बढी ७.८२ प्रतिशतले घटेको हो । 

नेप्सेका अनुसार आज अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । अपि पावरको ३८ करोड ३४ लाख २४ हजार १ सय ५२ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 

साताको पहिलो दिन हिजो १०.८३ अंकले बजार घट्दा ७ अर्ब ३ करोड ५ लाख ८ हजार २ सय ६२.९७ रुपियाँ बराबरको कारोबार भएको थियो । 

गत भदौ महिनाको ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार थियो । 

Advertisement

Advertisement