ज्योति लाइफको प्रिमियम खल्तीबाट भुक्तानी गर्दा एक हजारसम्म क्यास ब्याक

Advertisement

काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बीमा प्रिमियम खल्तीबाट तिर्दा प्रयोगकर्ताहरुले एक हजार रूपियाँ सम्म क्यासब्याक दिने भएको छ । पाँच हजार रूपियाँसम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड प्रयोग गरी एक सय क्यासब्याक हुने भएको छ ।

लाइनमा नबसी सुरक्षित भुक्तानी गर्न उक्त अफरको सुरूवात गरिएको जनाइएको छ । उक्त सुविधाका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ भने। ज्योति लाइफ इन्स्योरेन्सको नविकरण बीमा शुल् खल्तीबाट तिर्न सबैभन्दा पहिला खल्ती एप लग इन गर्नुपर्छ । त्यसपछि इन्स्योरेन्स आइकनमा क्लिक गर्नुपर्छ र ज्योति लाइफ इन्स्योरेन्समा सेलेक्ट गर्ने र विवरणहरू भर्नुपर्छ ।

Advertisement

पाँच हजार रूपियाँ माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाईसी अनिवार्य रुपमा भेरीफाई गराउनुपर्छ। खल्ती खाता नभएक ग्राहकले साइन अप गरि सो सेवा लिन सक्नेछन् । हाल खल्तीका प्रत्यक्ष अप्रत्यक्ष गरी २० लाखभन्दा बढि ग्राहक रहेका छन् ।

Advertisement

Advertisement