देउवाको साथ पाएका रवि सिंह निर्माण महासंघको अध्यक्षमा दोहोरिए

Advertisement

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह चयन भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको साथ पाएका सिंह अध्यक्षमा दोहोरिन सफल भएका हुन् । महासंघका कांग्रेसनिकट ठेकेदारहरुको बाहुल्यता छ । 

सिंहलाई जित्न सहज हुने गरेर महासंघको महाधिवेशनको पूर्वसन्ध्यामा देउवाले ठेकेदारमैत्री हुनेगरी सार्वजनिक खरीद नियमावलीको ११औं संशोधन गरिदिएका थिए । महासंघको २३औं साधारणसभा तथा १३औं महाधिवेशन आइतबार सम्पन्न भएको हो । 

Advertisement

महासंघको पदाधिकारीमा निर्वाचित हुनेहरुमाः 
अध्यक्ष 
रवि सिह 
वरिष्ठ उपाध्यक्ष 
आङ्दोर्जी लामा 
उपाध्यक्षहरु
प्रदेश १
मोहन अधिकारी 
मधेस प्रदेश 
शम्भु ठाकुर
बागमती प्रदेश 
बालकृष्ण थापा
लुम्बिनी प्रदेश 
टोपबहादुर रायमाझी 
कर्णाली प्रदेश 
रत्न ब. खड्का 
सुदुरपश्चिम प्रदेश 
प्रकाश सेठी
महासचिव 
रोशन दाहाल 
उपमहासचिव नितिगत 
शिवहरि घिमिरे 
उपमहासचिव आन्तरिक 
नरहरि थपलिया 
कोषाध्यक्ष 
हिरानकुमार श्रेष्ठ 
सहकोषाध्यक्ष 
सन्तोष शाह

Advertisement

Advertisement