रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो फाइभजी नेपाली बजारमा

Advertisement

काठमाडौँ । ग्लोबल टेक्नोलोजी शाओमीले रेडमि नोट ११ एस्, र रेडमि नोट ११ प्रो फाइभजी नेपालमा लन्च गरेको छ । हरेक वर्ष नयाँँ प्रविधि र फिचरहरु भएका फोन बजारमा ल्याउन अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेडसहित यी नयाँँ फोनहरु बजारमा ल्याएको जनाएको छ । 

शाओमीले यी फोनहरुको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एस ओ सि मा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको छ । शाओमीको नेपालका लागि राष्ट्रिय महाप्रवन्धक अमित पंडाले रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो फाइभजीले फ्ल्यागशिप लेभलको प्रविधिलाई अझै धेरै पहुँचयोग्य बनाउँदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाएको, प्रविधिलाई सुलभ मूल्यमा सर्वसाधारणसम्म पुर्याउने कम्पनीको मान्यतालाई साकार बनाएको बताएका छन् । 

Advertisement

यो फोनमा १०८ एमपिको प्राइमरी सेन्सर रहेको र यी फोनहरुमा जीवन्त र हाइ रेजोलुसनको तस्बीरहरु लिन मिल्ने जनाइएको छ । ९ इन १ पिक्सेल बिनिङ टेक्नोलोजी र डुअल नेटिभ आइएसओ भएको यसको मेन क्यामराले मधुरो प्रकाशमा पनि उच्च गुणस्तरीय तस्वीरहरु लिन सक्छ । यसको अगाडि भएको १६ एमपिको क्यामराले क्लियर र नेचुरल सेल्फीहरु लिन सक्छ। 

रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो फाइभजीमा एक हजार दुई सय निटको स्क्रिन ब्राइटनेस भएकोले उज्यालो प्रकाशमा पनि स्क्रिन क्लियर देख्न सकिन्छ । ट्रेन्डी फ्ल्याट एज बडी डिजाइन र आकर्षक डिस्प्ले भएको यी फोनहरुमा दुई वटा लिनियर स्पिकरहरु छन् भन्दै कम्पनीले आफ्नो विज्ञप्तिमा यसले भिडियोहरु हेर्दा र गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको अनुभव दिने जनाएको छ । 

आठ जिवी र्याम्प र फाइभजीसपोर्ट गर्ने चिपसेट सहित आउने यी दुइ वटै डिभाइसमा पाँच हजार एमएएचको ब्याट्रि रहेको छ । रेडमि नोट ११ प्रो फाइभजीमा भएको फ्ल्यागशिप ६७ वाटको टर्बो चार्जिङले १५ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्रि चार्ज गर्न सक्छ भने रेडमि नोट ११ एस् मा ३३ वाटको प्रो फास्ट चार्जिङ छ जसले एक घण्टामै ब्याट्रि फुल चार्ज गर्न सक्छ । 

रेडमि नोट ११ एस पोलार व्हाइट, होराइजन ब्लु, र स्पेस ब्ल्याकमा उपलब्ध छ भने रेडमि नोट ११ प्रो फाइभजी ग्रेफाइट ग्रे, पोलर व्हाइट र एट्लान्टिक ब्लुमा उपलब्ध छ । यी दुइवटै फोनहरु ६ जिवी प्लस १२८ जिवी र ८ जिवी प्लस १२८ जिबिको स्टोरजमा नेपाल भरीका अनलाइन र रिटेलमा चैत्र २७ देखि उपलब्ध हुने जनाइएको छ । 

रेडमि नोट ११ एस ६ को मूल्य २९,९९९ देखि ३१,९९९ र रेडमि नोट ११ प्रो फाइभजी ३६,९९९ देखि ३९,९९९ रुपियाँसम्म पर्नेछ । 

Advertisement

Advertisement