ट्वीटरको ठूलो हिस्सा किनेर एलन मस्क बने सबैभन्दा ठूलो लगानीकर्ता

Advertisement

काठमाडौं । विश्वका सबैभन्दा धनी एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको सर्बभन्दा धेरै शेयर किनेका छन् । उनले ट्रवीटर इंकको ९.२ प्रतिशत शेयर किनेर सबैभन्दा ठूलो शेयरधनी बनेको हुन् । अब ट्रवीटरमा मस्कको हिस्सा कम्पनीका भ्यानगार्ड समूह र सहसंस्थापक तथा पूर्वसीईओ ज्याक डोर्सेको भन्दा धेरै हुन पुगेको छ । भ्यानगार्डको कम्पनीमा ८.४ प्रतिशत हिस्सा छ । डोर्सेको २.२५ प्रतिशत हिस्सा छ । 

विश्वप्रसिद्ध अटोमोवाइल ब्राण्ड टेल्साका मुख्य लगानीकर्ता एलन मस्कको कुल सम्पत्ति २९०.३ अर्ब अमेरिकी डलर रहेको हालै फोब्सले सार्वजनिक गरेको थियो । उनले सामाजिक सञ्जालमा यति ठूलो लगानी गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । 

Advertisement

टेस्लाका प्रमुख कार्यकारीले ट्वीटरको शेयर किनेर मस्क सबैभन्दा ठूलो लगानीकर्ता बनेको शेयर खरीद बिक्रीसम्वन्धी फाइल सेक्युरिटि एण्ड एक्सचेन्ज कमिशनमा फाइल गरेको कुरालाई पुष्टि गरेका छन् । मस्कले ट्वीटरको ७३.५ मिलियन अमेरिकी डलरको शेयर खरीद गरेका हुन् । उनले शेयर किनेसँगै कम्पनीको शेयर एक डलरले बढेको छ । 

मस्कले ट्वीटरको शेयर किनेसँगै धेरैले त्यसको आलोचना गरेका छन् । उनले अभिव्यक्ति स्वतन्त्रतालाई खोस्नसक्ने कतिपयको तर्क छ । तर मस्कले आगामी दिनमा ट्वीटरमा महत्वपूर्ण सुधार गर्ने भन्दै ट्वीट गरेका छन् ।  
 

Advertisement

Advertisement