ज्ञानेन्द्र शाहसँग बीबीसी मास्टर सेफ साहको भेट, राजासँग भेट्न पाउँदा गर्व लाग्योः साह

Advertisement

काठमाडौं। ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहले राजा ज्ञानेन्द्र शाहसँग बुधबार भेट गरेका छन् । सन्तोष साहले राजा ज्ञानेन्द्र शाहसँग आफ्नो भेट भएको कर्पोरेट नेपाललाई जानकारी दिए । 

भेटमा राजाले आफूलाई बधाई दिएको र नेपाललाई विश्वमा प्रवर्द्धन गरेकोमा धन्यवाद दिएको जानकारी दिए । आफूलाई राम्रो काम गरिरह्न पनि राजाले सुझाव दिएको उनले बताए । 

Advertisement

राजासँग भेट् गर्न पाउँदा आफूले गर्व महशुष गरेको बताउँदै सेफ साहले भने, ‘जब कसैले राम्रो काम गर्दा हाम्रा राजाले काठमाडौं बोलाएर पुरस्कृत गर्नु हुन्थ्यो । यस भेटले मलाई मेरो बाल्यकालको याद आयो।’

सन्तोष साह नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धनका लागि चैत २४ गते नेपाल आएका हुन्।

Advertisement

Advertisement