महालक्ष्मी विकास बैंकका ग्राहकलाई पोखराको ओम हस्पिटलमा छुट

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंक र महेन्दपुल पोखरामा अवस्थित ओम हस्पिटलबीच सहकार्य भएको छ । असपताल र बैंकले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा अस्पतालसँग सहकार्य गरेको जनाएको छ ।

Advertisement

सो सम्झौता पश्चात महालक्ष्मी बैंकको डेबिट कार्ड, क्युआर स्क्यान पे, महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले अस्पतालका सम्पूर्ण स्वस्थ्य सेवहरुमा आकर्षक छुट पाउँने बैंकले जनाएको छ ।


 

Advertisement

Advertisement