‘टाइगर अभि जिन्दा हे’ भन्दै फुर्तीका साथ विदा भए विवादित मन्त्री आले

Advertisement

काठमाडौं । पदमा रहुन्जल अराजक क्रियाकलाप र अभिव्यक्तिका कारण विवादमा रहँदै आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले ‘टाइगर अभि जिन्दा हे’ भन्दै आज आइतबारबाट विदा भएका छन् । 

आफूलाई बाघको रुपमा प्रस्तुत गर्दै उनले आजको पत्रकार सम्मेलनमा भने, ‘मैले नौ महिनामा धेरै राम्रा काम गरेको छु, टाइगर अभितक जिन्दा हे ।’ मन्त्री पदका हैसियतमा आफूले गरेका कामबाट ९० प्रतिशत सन्तुष्ट भएको समेत आलेले बताए । 

Advertisement

आलेले थपे, ‘म आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको छु । बाँकी अधुरा रहेका कामहरु अब आउने मन्त्रीजीले गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’ विमानस्थलहरुको स्तरोन्नतीदेखि जहाजको नाइट स्टप तोकिएकै ठाउँमा राख्न लगाउने र जहाजको बेस लिएकै ठाउँबाट पहिलो उडान गर्नुपर्ने जस्ता जनतालाई फाइदा पुग्ने थुप्रै काम गरेको भन्दै उनले भिआईपीहरुको हेलिकप्टर उडानमा दुइ पाइलट अनिवार्य राख्नु पर्ने नियम पनि लागु गराएको बताए । 

मन्त्री आलेले कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्वीकारे  । उनले भने, ‘मेरो कार्यकालमा धेरै काम राम्रा भएका छन् । कतिपय काम आफूले चाहेर पनि गर्न सकिन् । ती अधुरा काम अन्य दिनमा हुने छन् ।’ उनी गत असोज २२ गते शहरी विकास मन्त्री भएकी थिइन् । आलेले आफू जनजातिको छोरो भएको र स्पष्ट वक्ता भएको भन्दै इमान्दार भएर काम गरेको जिकिर गरे । 

Advertisement

Advertisement