सिटी एक्सप्रेस फाउन्डेशनद्वारा 'मानव सेवा आश्रमलाई' एक लाख हस्तान्तरण

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३औं बार्षिकोत्सवको उपलक्ष्यमा ‘मानव सेवा आश्रम’ संस्थालाई सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनलाई एक लाख रुपियाँ हस्तान्तरण गरेको छ । सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त रकम हस्तान्तरण गरेको हो ।

साथै, उक्त संस्थालाई सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आगामी दिनहरुमा पनि सहयोग र साथ प्रदान गर्ने घोषणा गरेका छन् । समाजको सकरात्मक रुपान्तरण एवं मानविय सेवाको कार्यमा मानवसेवा आश्रमले पुर्याउँदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको जनाईएको छ । उक्त कार्यक्रममा सिटी एक्सप्रेस फाउन्डेशनका सक्रिय सदस्यहरुको उपस्थिती थियो ।

Advertisement

Advertisement

Advertisement