नेपाल पुनर्बीमा कम्पनीको सीईओमा शंकरकुमार रायमाझी नियुक्त

Advertisement

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा शंकरकुमार रायमाझी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले रिक्त रहेको सीईओ पदमा रायमाझीलाई नियुक्त गरेको हो । काभ्रे भकुण्डेबेसी स्थायी घर भएका रायमाझीलाई सञ्चार मन्त्री गोकुल बास्कोटाको जोडबलमा सिइओ बनाईएको हो ।

राष्ट्रिय बाणिज्य बैंकका पूर्व कर्मचारी रायमाझी आगामी चार बर्षसम्मका लागि सीईओ पदमा नियुक्त भएका हुन् । कम्पनीको रिक्त रहेको सीईओ पदका लागि ६ जनाको आवेदन परेको थियो ।

कम्पनीकै पूर्व सीईओ चिरायु राजभण्डारी, राष्ट्र बैंकको निर्देशकबाट अवकाश भएका अशोक पौडेल, युनाइटेड इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत शेखर बराल, नबिल बैंकका पूर्व ब्यवस्थापक ज्ञानेश्वर आचार्य, राष्ट्रिय बाणिज्य बैंकका पूर्व कर्मचारी शंकरकुमार रायमाझी र कृषि विकास बैंकका पूर्व कर्मचारी शेषनारायण आचार्यले उक्त पदमा आवेदन दिएका थिए ।

आवेदक मध्ये रायमाझी, पौडेल, भण्डारी र आचार्य प्रारम्भिक छनौटमा परेका थिए । यी चार मध्येबाट रायमाझीलाई सीईओ नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सञ्चालक समितिले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement