परिसंघको वरिष्ठ उपाध्यक्षमा अग्रवाल मनोनित, आगामी कार्यकालको लागि अध्यक्ष पक्का

Advertisement

काठमाडौँ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णुकुमार अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा मनोनित भएका छन् । परिसंघको गभर्निङ्ग काउन्सिल र पदाधिकारी समितिको हालै सम्पन्न बैठकले परिसंघको विधानको व्यवस्था अनुसार उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको हो ।

परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा परिसंघको स्वतः अध्यक्ष हुने प्रावधान छ ।

अग्रवालले परिसंघमा विगत डेढ दशकदेखि राष्ट्रिय परिषदको सदस्यका साथै विभिन्न समितिको संयोजकको रुपमा सेवा गर्दै आएका छन् । परिसंघको विगत १३ औँ वार्षिक साधारण सभापछि उपाध्यक्ष पदमा निर्वाचित अग्रवाल नेपालको विभिन्न उद्योग, बैँक तथा वित्तीय संस्थाका साथै अटो व्यवसायसँग आवद्ध छन् ।

परिसंघसँग आवद्ध सीएनआई–वाइईएफको संस्थापक समेत रहेका अग्रवालले परिसंघबाट विगत वर्षहरुमा आयोजित तीन वटा पूर्वाधार सम्मेलनहरुको सफल आयोजना गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

Advertisement

Advertisement

Advertisement