श्रम गर्न आएका र नआएका भन्दै उद्दारमा भेदभाव नगर्न गैरआवासीय नेपाली संघको आग्रह

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए)ले विदेशमा नेपालीहरुलाई उद्दार गर्न सरकारसँग माग गरेको छ । विदेशमा श्रम गर्न आएकालाई मात्रै छानेर उद्दार गर्ने काम भएको भन्दै संघले गैरआवासीय नेपाली र अबैधरुपमा बस्दै आएकाहरुलाई पनि विना भेदभाव उद्दार गर्न माग गरेको छ । 

संसदको महिना तथा सामाजिक समितिको बिहीबारको भर्चुअल बैठकमा संघका प्रवक्ता डीबी क्षेत्रीले सरकारले उद्दारमा भेदभाव गरेको गुनासो गरे । विदेशमा रहेका सबै नेपाली समान हुन भन्दै उनले समस्यामा परेकालाई बिना भेदभाव उद्दार गर्न गरिएको मागलाई सुनुवाई नगरिएको बताए । 

Advertisement

क्षेत्रीले भने, ‘इलिगलरुपमा बस्दै आएका पनि नेपाली नै हुन् । उनीहरुलाई उद्दार र राहतमा पारेन । अब राज्यले श्रम गरेर आएका र नआएका नभनेर नेपाल फर्काइदिनु पर्यो ।’ नेपाली सबै नेपाली नै हो भन्दै उद्दारमा आर्थिक हिसाब किताब गर्न नहुने बताए ।

क्षेत्रीका अनुसार समस्यामा परेकाहरुलाई नेपाली फर्काउँदा एक अर्ब रुपियाँ पनि खर्च नहुने बताउँदै मुलुकमा रेमिटान्स पठाएर अर्थतन्त्र धान्नेहरु सीमा रक्षाका लागि लड्ने सिपाइजस्तै हुन् भने । विदेशमा घरेलु कामदारका रुपमा कार्यरत थुप्रै महिलाहरु समस्यामा रहेको पनि उनले सुनाए । 

फर्काइएकाहरुलाई सम्मानजनक व्यवहार हुनुपर्ने र मनोपरामर्श दिनुपर्ने क्षेत्रीको भनाई छ । 

Advertisement

Advertisement