समस्यामा परेका गैरआवासीय नेपालीलाई पनि नेपाल आउन दिइने

Advertisement

काठमाडौं । सरकारले समस्यामा परेका गैरआवासीय नेपालीलाई नेपाल आउन आंशिक अनुमति खुल्ला गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले गैरआवासीय नेपालीलाई पनि नेपाल आउन बाटो खोलेको सोमबार सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बताए । 

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले श्रमका लागि बाहिरिएकालाई मात्रै उद्दार गरेको भन्दै गुनासो गरेपछि सरकारले गैरआवासीय नेपालीलाई पनि नेपाल आउने बाटो खोलेको हो । मन्त्री खतिवडाका अनुसार नेपालमा रहेका एकाघरका परिवारको सदस्य गम्भीर बिरामी रहेको वा मृत्यु भएको अवस्थामा उनीहरुका आफन्तलाई नेपाल आउने अनुमति दिइने छ ।

Advertisement

यस्तो अनुमति भने सम्बन्धित मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगले दिनेछ । नियोगले साच्चै समस्यामा परेको प्रमाणित गरेपछि गैरआवासीय नेपाली नागरिकले पनि नेपाल आउन पाउनेछन् ।

साथै, सरकारले नेपालमा अध्ययन गर्ने विदेशी विद्यार्थीलाई सम्बन्धित शिक्षालयको सिफारिसमा नेपाल आउन दिने निर्णय पनि गरेको छ ।

सरकारले विदेशबाट नेपाल आउन पाउने दैनिक संख्या समेत बढाउँदै आठ सय पुर्याएको छ । यसअघि पाँच सय दैनिक यात्रु भनिएकोमा तीन सय थपेर आठ सय बनाइएको हो । 

त्यस्तै, पीसीआर रिर्पोट नहुने कारणले नियमित उडान नखुलेका स्थानमा कम्पनी स्वयमले टिकट काटेर नेपाल पठाउन चाहेमा वा कामदार आफैले टिकट काटेर स्वदेश फर्कन चाहेमा समेत सरकारले नेपाल आउन अनुमति दिनेछ ।

Advertisement

Advertisement