बैंकको प्रतिशेयर आम्दानी घट्दैमा आत्तिनुपर्ने अवस्था छैन्ः भट्टराई, कस्को कति घटबढ भयो ?

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (छ महिना)सम्म आउँदा अधिकाँश बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) घटेको छ । बैंकको प्रतिशेयर आम्दानी गत वर्षको यसै अवधिको तुलनामा अधिकतम २८ रुपियाँ ५८ पैसादेखि न्युनतम ०.६ रुपियाँसम्म घटेको छ । 

किन घट्यो बैंकको प्रतिशेयर आम्दानी ? 
यस वर्ष बैंकको प्रतिशेयर आम्दानी घट्नुको कारण कोरोना (कोभिड १९) महामारी रहेको बैंक तथा वित्तीय क्षेत्रका विज्ञ अनलराज भट्टराई बताउँछन् । अघिल्लो वर्ष कुनै पनि क्षेत्रमा कोरोनाको प्रभाव थिएन् । सबै व्यापार व्यवसाय पनि राम्रो थियो । जसले गर्दा बैंकको आम्दानी पनि राम्रो थियो । 

Advertisement

तर, कोरोना महामारीले गर्दा अहिलेको अर्थतन्त्र थला परेको छ । व्यापार व्यवसाय खुला भए पनि सामान्य अवस्थामा आउन सकेको छैन् । यसकारण बैंकहरुको वित्तीय अवस्थामा असर परेको भट्टराई बताउँछन् ।  

यता नेपाल राष्ट्र बैंकले पनि विभिन्न नीतिमार्फत बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई नगदभन्दा बोनस सेयर बढि दिन आग्रह रहेको छ । यसकारण बैंकहरुको शेयरको संख्या बढे पनि आम्दानी भने घटेको उनको विश्लेषण छ ।  

प्रतिशेयर आम्दानी घट्दा शेयर बजारमा कस्तो असर गर्छ ? 
हालको शेयर बजार छोटो समयमा धेरै कारोबार भइरहेको र उच्च बिन्दुमा पुगेको अवस्थाको छ । यसकारण शेयर बजारसम्बन्धी स–साना नकारात्मक कुराले पनि बजारलाई उत्तार चढाबमा ल्याउने भट्टराई बताउँछन् । उनी भन्छन्, ‘यस्तो बजारमा बैंकको प्रतिशेयर आम्दानी घट्नुलाई राम्रो मान्न सकिन्न । तर, यसलाई लिएर आत्तिनुपर्ने अवस्था पनि छैन् । बैंकहरुको अहिलेको अवस्थाको प्रतिशेयर आम्दानी मात्र नभएर अन्य वित्तीय अवस्था पनि गत वर्षसँग तुलना गर्न नमिल्ने अवस्थामा रहेको छ । कोरोना महामारीको बेलामा पनि बैंकहरुको अवस्था त्यति धेरै नकारात्मक भएको छैन् ।’

कुन बैंकको प्रतिशयर आम्दानी कति ? 
चालु आर्थिक वर्षको छ महिनाको अवधिसम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिशेयर आम्दानी घटेको बैंकमा हिमालयन बैंक रहेको छ । यस बैंकको प्रतिशेयर आम्दनी गत वर्षको पुस मसान्तसम्मको भन्दा २८ रुपियाँ ५८ पैसाले घटेर १२ रुपियाँ २३ पैसामा झरेको छ । गत वर्षको यसै अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४० रुपियाँ ९० पैसा थियो । 

यसपछि सबै भन्दा धेरै आम्दानी घट्ने बैंकमा एभरेष्ट बैंक रहेको छ । यस बैंकको प्रतिशेयर आम्दानी १४ रुपियाँ २४ पैसाले घटेर २१ रुपियाँ ६३ पैसा कायम भएको छ । गत वर्षको यसै अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३५ रुपियाँ ६४ पैसा थियो । 

यता गत वर्षको तुलनामा यस वर्ष प्रतिशेयर आम्दानी बढाउन सफल बैंकहरु ग्लोबल आईएमई बैंक, नेपाल बंगलादेश बैंक र सिटिजन्स बैंक रहेका छन् । सबैभन्दा धेरै प्रतिशेयर आम्दानी बढाउन सफल ग्लोबल आईएमई बैंक रहेको छ । कोरोना महामारीको बिचमा पनि यस बैंकको प्रतिशेयर आम्दानी गत वर्षको यसै अवधिको भन्दा ३.६३ प्रतिशतले बढेर २१ रुपियाँ ४० पैसा कायम भएको छ । गत वर्षको यसै अवधिका बैंकको आम्दनी १७ रुपियाँ ७७ पैसा थियो । 

Advertisement

Advertisement