सरकारले मूल्य समायोजन गर्न नदिँदा आयल निगमलाई पाक्षिक झण्डै एक अर्ब रुपियाँ नोक्सान

Advertisement

काठमाडौं । नियमित मूल्य समायोजन नहुँदा नेपाल आयल निगमलाई पाक्षिक झण्डै एक अर्ब रुपियाँ नोक्सान हुन थालेको छ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको बेला निगमले स्वचालिम मूल्य प्रणाली अनुसार मूल्य समायोजन नगर्दा नोक्सान बढ्दै गएको हो । 

यसअघि इण्डियन आयल कर्पोरेशन (आईओसी)ले हरेक १५ दिनमा दिने अन्तर्राष्ट्रिय दरभाउ अनुसारको मूल्यअनुसार नेपालमा पनि पेट्रोनियम पदार्थको मूल्य समायोजन गर्दै आएको निगमले पछिल्ला दिनमा समायोजन गरेको छैन् । बदलिँदो राजनीतिक परिस्थितिमा पेट्रोलियम पदार्थको मूल्य बढाउँदा जनस्तरबाट विरोध बढ्ने देखेपछि सरकारले निगमलाई मूल्य बढाउन दिएको छैन् । जसको असर निगमलाई पर्दै गएको छ । 

Advertisement

निगमको अनुमानअनुसार फेब्रुअरीको शुरुदेखि मध्यसम्मको १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट झण्डै रु ९७ करोड ७५ लाख बराबरको नोक्सान हुनेछ । निगमले हाल दैनिक रु साढे छ करोड नोक्सानी व्यहोर्दै आएको छ । निगमलाई पेट्रोलमा प्रतिलिटर छ रुपियाँ ८० पैसा, डिजेलमा चार रुपियाँ ६७ पैसा नोक्सान छ । तर, मट्टितेलमा प्रतिलिटर १८ रुपियाँ १० पैसा र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु २ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा ३५ रुपियाँ ८७ पैसा रहेको निगमले जानकारी दिएको छट । खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर ३१७ रुपियाँ ११ पैसा नोक्सान रहेको जनाइएको छ । 

Advertisement

Advertisement