हामीले नेपाली जनताको हत्या गरेको होइन्, क्रान्ति गरेको हो, हेग जानुपर्दैन्ः बाबुराम

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले क्रान्ति गरेबापत कोही हेग नगएको बताएका छन्। शनिबार उनको ‘गुमनाम आमाहरुको कथा’ कृतिको विमोचन कार्यक्रममा बोल्दै बाबुरामले यस्तो बताएका हुन्।

टीआरसी र बेपत्ता आयोग बनेपछि त्यसलाई ब्ल्याक मेलिङ गर्ने साधन बनाएर हल्का ढंगले व्याख्या गर्दै तर्साएको भन्दै उनले यस्तो भनेका हुन्। जनयुद्ध दिवसको अवसर पारेर कृति विमोचन गरेका बाबुरामले माओवादीको सशस्त्र युद्धको प्रसंग कोट्याउँदै क्रान्ति गरेबापत को हेग गएको छ ? भन्दै प्रश्न गरेका हुन्।  

Advertisement

‘सहिद र बेपत्ता परिवारजनको कुरा छ। टीआरसी, बेपत्ता आयोग जस्ता विषय छन्। यसलाई चाहिँ कसैले कसैलाई ब्ल्याक मेलिङ गर्ने साधनको रुपमा व्याख्या गर्नु हुँदैन। बढो दुःख लाग्छ मलाई यत्तिबेला पनि मान्छेले बढा हल्का ढंगले तर्साउँदै छन्’, बाबुरामले भने, ‘आयोग गठन भयो तपाईंहरु पर्नुहुन्छ भन्छन्। किन परिन्छ ? कहाँबाट परिन्छ हामी ? को हेगमा जान्छ ? कसरी हेगमा जान्छौँ हामी ? त्यो त महान् क्रान्ति थियो। क्रान्ति  गरेबापत कोही हेगमा गएको छ ?’

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement