कोरोना कहरमा समेत एलजीको बिक्री झण्डै ५० प्रतिशत बढि, ठूलो आकर्षण वासिङ मेशिनमा

Advertisement

कोरोना भाइरस (कोभिड १९) महामारीका बीच पनि इलेक्ट्रोनिक्स सामाजिक बिक्री गर्दै आएका विभिन्न कम्पनीहरूले स्वास्थ्य सावधानी अपनाएर उपभोक्तालाई सामान बिक्री गर्ने र बजारमा सामान अभाव हुन दिएका छैनन् । नेपालमा त्यस्ता इलेक्ट्रोनिक घरायसी सामान बिक्रीमा संभवतः सबैभन्दा अगाडि रहेको कोरियन ब्राण्ड एलजीको सहजरुपमा मुलुकभर बिक्री हुँदै आएको छ । 

उपभोक्ताले पनि बजारमा एलजीका सामानहरू नपाएको गुनासो अहिलेसम्म आएको छैन् । नेपालमा यस ब्राण्डको बिक्री चौधरी समूहअन्तर्गतको सिजी इम्पेक्सले गर्दै आएको छ । यसैसम्वन्धमा ब्राण्डका उपमहाप्रवन्धक (सेल्स) पुरुषोत्तम भण्डारीसँग गरिएको कुराकानीः 

Advertisement

कोरोना महामारीका बीच पनि एलजीका सामानहरू बिक्री गर्दै आउनु भएको छ । यो समयमा तपाईंहरूलाई कस्तो खालको समस्या धेरै भोग्नुपरिरहेको छ ? 
समस्या सबै क्षेत्रमा छ । आमनेपालीलाई नै छ । मुख्य समस्या त जनताको क्रयशक्ति घटिरहेको छ । क्रयशक्ति घटेकैले एलजीका सामानहरू अपेक्षाकृत धेरै बिक्री हुन सकेको छैन् । अर्को समस्या भनेको आपूर्ति प्रणालीमा परिरहेको छ । बाहिरबाट सामान सहजरुपमा आउन सकिरहेको छैन् । आएका सामानहरू पनि उपभोक्ताको घरसम्म पुर्याउन पहिला जस्तो सहजता भइरहेको छैन् । उपभोक्तालाई घरमा सामान आवश्यक भएर पनि नजिकको बिक्री केन्द्रसम्म आउन समस्या भइरहेको छ । यद्यपि समस्यासँग जुध्दै हामीले उपभोक्तालाई घरायसी सामानहरू आपूर्ति गरिरहेका छौं । समस्या छ भनेर हामी पनि घरमै बसिरहेको भए उपभोक्तालाई समस्या पथ्र्यो । हाम्रै रोजगारीमा पथ्र्यो । मुलुकको अर्थतन्त्रमा पथ्र्यो । 

कोरोनाको समयमा काम चाहीं कसरी गर्नुभयो ? 
यस्तो परिस्थितिमा समयअनुसार नै काम गर्नुपर्यो । यो समयमा अनलाइन क्रियाकलाप हामीले बढायौं । डिजिटल मार्केटिङलाई फोकस गर्यौं । उपभोक्ताको घरमा प्रोडक्टको जानकारी लिएर गयौं । लकडाउन हटेसँगै गरेको मेहनतको फल हामीले गएको दशैंमा पयौं । अर्को कुरा एलजी कसैले नचिनेको नयाँ ब्राण्ड त होइन् । बिगत ३७–३८ बर्षदेखि एलजी नेपालमा छ । अन्तर्राष्ट्रियस्तरमा स्थापित ब्राण्ड हो । त्यो भएकाले कोरोनासँग सम्वन्धित कुराहरूको सन्देश पनि उपभोक्तासम्म लिएर गयौं । कोरोनासँगै जुध्न सिकाउँदै मानिसहरूसँग हिँड्ने प्रयास गर्यौं । त्यसैका कारण अहिलेसम्म चल्न हामीलाई सहज भइरहेको छ । 

गत बर्ष लकडाउन हुनुअघिको एलजीको बिक्री कस्तो थियो ? त्यसपछि कति घट्यो ? अहिले पछिल्लो समयमा आइपुग्दाको सुधार के कस्तो छ ? 
गत बर्ष चैत, बैशाख, जेठ, असार गरेर करिव चार महिना बिक्री अवरुद्ध नै भयो । त्यसले ४० प्रतिशत जति बिक्री प्रभावित भयो । साउनमा केही सुधार भयो । त्यसपछिको महिनामा निकै राम्रो भयो बिक्री । गत बर्षको फागुनसम्म र अहिलेको फागुनसम्म तुलना गरेर हेर्ने हो भने ४०–५० प्रतिशत नै विजनेश राम्रो भएको छ । यो राम्रो पक्ष हो । 

किन यति राम्रो प्रगति देखियो ? 
हामी यस्ता यस्ता प्रोडक्ट ल्यायौं कि बदलिँदो परिस्थिति र मानिसको चाहनाअनुसारका आधुनिक थिए । जस्तो एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिको वासिङ मेशिन यही कोरोनाको बीचमा ल्याऔं । वासिङ मेशिन भनेको नेपालको बजारमा ६० प्रतिशतभन्दा बढि  हिस्सा भएको प्रोडक्ट हो । यसले बजार लिड गरिहाल्यो । निकै हिट भयो यो प्रोडक्ट । एआई प्रविधियुक्त यो बासिङ मेशिनमा हामीले जस्तो लुगा हालेका हुन्छौं, त्यस्तै अनुसार मेशिनले काम गरेर लुगा सफा गर्छ । त्यो विशेषता धेरैले मन पराए । 

यसमा हामीले टू स्ट्रोम भन्ने फङसन थपिदियौं । यसले के गर्यो भने लुगामा भएको गन्ध र एलर्जीलाई हटाइदियो । यो भनेको पानीको बाफबाट पनि कपडालाई सफा गर्ने कुरा हो । कोरोनाको समयमा हावाबाट पनि कोरोना सर्छ भन्ने थियो । हावाबाट अरु पनि रोगहरू आउँछ भनिन्छ । साथै अफिसमै बसेर पनि घरको लुगा धुन सकिने यसको अर्को विशेषता हो । यसमा भएको वाईफाई स्मार्ट थिङक्यू भन्ने फिचरका कारण अमेरिकामा भएको मानिसले यहाँ भएको वासिङ मेशिन अपरेट गर्नसक्छ । अहिले गरिरहेका छन् । वासिङ मेशिनमा भएको यस्ता विशेषताले यो प्रोडक्ट निकै लोकप्रिय हुन पुग्यो । 

त्यस्तै, अर्को रेफ्रिजिरेटर । अहिले कस्तो कल्चर विकास भएको छ भने एकै दिन सामान किनेर धेरै दिन पुर्याएर खाने । त्यो बजारमा हामीले हेर्यौं र उत्पादनसँग जोड्यौं । स्मार्ट लिनर कम्प्रेसर भएको नयाँ रेफ्रिजिरेटरमा १० दिनसम्म सामान जस्तो राखेको थियो, त्यस्तै अवस्था पाउन सकिन्छ । यो रेफ्रिजिरेटर पनि हामीले यही कोरोनाको बीचमा लन्च गर्यौं । 

त्यस्तै अर्को भनेको टिभी । कोरोना महामारी अघिसम्म लगभग मानिसहरूले टिभी हेर्न छोडिसकेका थिए । कोरोनाको समयमा टिभी हेर्ने बानी बढ्यो । हामीले ओलेड भन्ने टिभीलाई हाइलाइट गर्दै आएका थियौं । यसलाई चाहीं अर्गानिक लिड भन्छ । यसले पिक्चरहरू आफै जेनेरेट गर्छ । योसँगै तलका अन्य टिभीहरू पनि यो समयमा राम्ररी बिक्ने मौका पायो । भ्वाइसबाटै टिभी चल्ने विशेषता थप गरेको हामीले यही कोरोनाको बीचमा हो । 

अब तत्कालै ल्याउने तयारी गरिएको नयाँ कुनै प्रोडक्ट छ ? 
अहिले छैन् । यिनै अहिले भनेका प्रोडक्टहरूलाई निरन्तरता दिने हो । किनभने अहिले नयाँ प्रोडक्टहरू बाहिरबाट ल्याउन पनि गाह्रो छ । यद्यपि एलजी भनेको यस्तो प्रोडक्ट हो जसले केही न केही आरएण्डडी (अनुसन्धान र विकास) गरिरहेकै हुन्छ । मानिसलाई जीवनलाई कसरी हुन्छ सरल र सहजरुपमा चलाउन नयाँ नयाँ प्रोडक्टहरू सोचिरहेको हुन्छ । आरएण्डडी गरेर केही प्रोडक्ट आयो भने हामी तीन महिनाभित्र नेपाल ल्याएर उपभोक्तसम्म पुर्याईहाल्छौं । 

कोरोना र लकडाउनका कारण धेरै क्षेत्रमा अनलाइनबाट काम गर्ने, कारोबार गर्ने कार्यको थालनी भएको छ । एलजीका प्रोडक्टहरू अनलाइनबाटै बुकिङ गर्न सकिन्छ कि सकिन्न ? 
ठूलठूलो प्रोडक्टमा अनलाइनबाट बुकिङ गर्ने कुरा उपभोक्ताले त्यत्ति धेरै विश्वास गरेको देखिन्न । मानिसहरूलाई एक पटक ‘टच एण्ड फिल’ गर्नैपर्छ । कोरोनाको समयमा हामी माक्स र स्यानिटाइजर लगाएर उपभोक्ताको घरघरसम्म पनि पुग्यौं । हाम्रो प्रोडक्ट ‘शो’ गर्यौं । उहाँहरूले मन पराउनुभयो । 

एलजीको बिक्रीवितरणको सञ्जाल कस्तो छ ? कति विस्तार गर्नुभयो ? 
हाम्रो दुई–तीन वटा डिष्ट्रिब्युशन च्यानल छ । एउटा कम्पनीकै शोरुमहरू छ । त्यो शोरुम चाहीं काठमाडौं, विराटनगर, नारायणगढमा छ । त्यसपछि हाम्रो पूरानो डिलर च्यानल छ जुन ताप्लेजुङदेखि दार्चुलासम्म छ । हामीले त्यही च्यानललाई पुस गरेर, उनीहरूको क्यापासिटि बढाएर हामीले काम गरिरहेको हो । 

Advertisement