वाणिज्य बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कुन बैंकको कति ?

Advertisement

काठमाडौं । असार महिनाको लागि १६ वाणिज्य बैंकले ब्याजदर सार्वजनिक गरेका छन् । उक्त ब्याजदर असारको १ गते देखि नै लागू हुन थालिसकेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई निक्षेपमा दिने ब्याजदर मासिक रूपमा परिवर्तन गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार नै आगामी महिनाको लागि निक्षेपमा लागू हुने ब्याजदर सम्बन्धी सूचना नेपाली महिना शुरु हुनु पूर्व प्रकाशित गरि सक्नुपर्ने हुन्छ ।

सोही व्यवस्था अनुसार बैंकहरूले हरेक मसान्तमा आगामी महिनाको लागि लागू हुने व्याजदर सार्वजनिक गर्ने गरेका छन् । यस्तो ब्याजदर २ असारसम्ममा १६ वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको गरेको पाइएको छ । व्याजदर परिवर्तन नहुने र यथावत राख्नेले भने सार्वजनिक नगरेका पनि हुन सक्छ ।

Advertisement

नबिल बैंक
नबिल बैंकले बचतमा न्यूनतम २.५१ प्रतिशत देखि अधिकतम ४.५१ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले व्यक्तिगत मुद्दतिमा अधिकतम ७.०१ प्रतिशतब्याज दिने भनेको छ । तीन महिनाको मुद्दतिको ब्याजदर ५.०१ प्रतिशत निर्धारण गरेको छ । यता, बैंकको वैशाख मसान्तसम्म बेस रेट ५.८४ प्रतिशत छ । यसमा ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९ प्रतिशत देखि ११.५० प्रतिशतसम्म ब्याजदरमा कर्जा दिनेछ ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले असार १ गतेदेखि लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जस अनुसार मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.५० प्रतिशत देखि ७.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ५ प्रतिशतदेखि ६.५० प्रतिशतसम्म ब्याजदर हुनेछ । त्यसैगरी, बैंकले बचत खातातर्फ न्यूनतम ३ प्रतिशत देखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यस बैंकले चैत महिनाको आधार दर ५.५० प्रतिशत अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले यसमा १ प्रतिशत देखि ३ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बताएको छ । स्थिर कर्जाका लागि ९ प्रतिशत देखि ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । 

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले बचतको ब्याज २.५५ प्रतिशत तोकेको छ भने व्यक्तिगत मुद्दतिमा अधिकतम ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यता, बैंकको वैशाख मसान्तसम्मको बेस रेट ७.५६ प्रतिशत छ । यसमा न्यूनतम १.५० प्रतिशत देखि अधिकतम ५ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ ।

प्रभु बैंक
प्रभु बैंकले बचत खातामा न्यूनतम २ प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ५.५० प्रतिशत र अधिकतम ७ प्रतिशत सम्म ब्याजदर दिन्छ । बैंकको चैतसम्मको आधार दर ७.०६ प्रतिशत छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । स्थिर ब्याजदरका लागि न्यूनतम ९.९९प्रतिशत देखि अधिकतम ११.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज ३ प्रतिशत र अधिकतम ५ प्रतिशत राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८ प्रतिशत कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । यस बैंकको वैशाख मसान्तसम्मको आधार दर ७.५३ प्रतिशत रहेको छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । स्थिर कर्जाको लागि ११.४९ प्रतिशत देखि १२.९९ प्रतिशत ब्याज निर्धारण गरेको जनाएको छ ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशत र अधिकतम ४ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७५ प्रतिशत र न्यूनतम ७.२५ प्रतिशत निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको आधारदर ९.८९ प्रतिशत छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९ प्रतिशत देखि अधिकतम १२.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

एनएमबी बैंक
एनएमबी बैंकले बचतको न्यूनतम ब्याजदर ३.६० प्रतिशत र अधिकतम ५.६० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.८० प्रतिशत र न्यूनतम ६.५० प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१९ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।

एभरेष्ट बैंक 
एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २.५० प्रतिशत देखि अधिकतम ४ प्रतिशतम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशत र न्यूनतम ६.५० प्रतिशत तोकेको छ । वैशाख मसान्तसम्म बैंकको आधार दर ५.९८ प्रतिशत छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।

हिमालयन बैंक
हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशत र अधिकतम ४.५० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको न्यूनतम ब्याजदर ४.७५ प्रतिशत र अधिकतम ब्याजदर ७.७५ प्रतिशत निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको अधारदर ६.७५ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ । 

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज ३.१० प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७.५१ प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्म बैंकको आधारदर ७.०९ प्रतिशत छ । यसमा बैंकले ७ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । बैंकले स्थिर ब्याजदरका लागि न्यूनतम ९.८९ प्रतिशत देखि अधिकतम १२.२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सनराइज बैंक
सनराइज बैंकले बचतमा न्यूनतम २ प्रतिशत देखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । यता, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज निर्धारण गरेको छ । वैशाख मसान्तसम्मको बैंकको आधार दर ६.८८ प्रतिशत रहेको छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरका लागि न्यूनतम १०.५० प्रतिशत देखि अधिकतम १२.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

कुमारी बैंक
कुमारी बैंकले बचत खातामा न्यूनतम २ प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६ प्रतिशत देखि ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ । कर्जातर्फ आधार दरमा अधिकतम ७ प्रतिशतसम्म प्रिमियम तोकेको छ । बैंकको वैशाख महिनाको आधार दर ७.६३ प्रतिशत छ । बैंकले न्यूनतम १०.५० प्रतिशत देखि अधिकतम ११ प्रतिशतसम्ममा स्थिर कर्जा दिने जनाएको छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले बचतमा न्यूनतम २.५ प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६.५ प्रतिशत देखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । यसको आधार दर ६.७५ प्रतिशत छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.४९ प्रतिशत देखि अधिकतम ११.४९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७६ प्रतिशत र अधिकतम ४.५० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत र न्यूनतम ७.७६ प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१४ प्रतिशत रहेको छ । यसमा अधिकतम ६.९९ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १० प्रतिशत देखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

एनसीसी बैंक
एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर २.५० प्रतिशत र अधिकतम ५ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८ प्रतिशत र न्यूनतम ७ प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.४१ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५ प्रतिशत देखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । 

बैंक अफ काठमान्डु
बैंक अफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५० प्रतिशत र अधिकतम ४ प्रतिशत राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७५ कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । बैंकको वैशाख मसान्तसम्मको आधार दर ७.०४ प्रतिशत रहेको छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाइ छ । 


 

Advertisement

Advertisement