डिशहोम फाइबरनेट सेवा नेपालका प्रमुख शहरहरूमा विस्तार

Advertisement

काठमाडांै । डिशहोम फाइबरनेट देशका प्रमुख शहरहरूमा विस्तार भएको छ । नेपालीमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गर्दै डिशहोमले आफ्ना डीटीएच प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० बाट सुरु गरेको यो इन्टरनेट अधिकांश शहरमा पुगेको हो । 

डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरुका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता सुविधा उपलब्ध छन् । 

Advertisement

यस फाइबरनेटका योजनाहरू १० एमबीपीएस देखि सय एमबीपीएस गतिसम्मका छन् । कम्पनीले दुईसय एमबीपीएस गतिको पनि सेवा सुरु गर्ने तयारी गरेको छ । डिशहोम फाइबरनेट काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा र इटहरीमा यसअघि नै पुगिसकेको छ भने हालै बर्दिवास, बुटवल, ढल्केबर र शंखमुल पुगेको छ । छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपुर, विरगंज लगायतका स्थानमा विस्तार गर्ने योजना बनाइएको छ । 

डिशहोम फाइबरनेटको बारेमा ९८०१५४४००० मा सम्पर्क गरेर थप जानकारी लिन सकिने कम्पनीले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । 

Advertisement