एक वर्षमा ५८  लाख इन्टरनेट प्रयोगकर्ता थपिए, फोरजी प्रयोगकर्ता ७० प्रतिशतले बढे

Advertisement

काठमाडौं । नेपालमा मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या बढेसँगै चौथो पुस्ताको दु्रत गतिको मोबाइल इन्टरनेट फोरजी प्रयोगकर्ताको संख्या पनि ७० प्रतिशतले  बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले असारमा सार्वजनिक गरेको वैशाख २०७८ सम्मको तथ्यांक अनुसार एक वर्षमा नेपालमा फोरजी प्रयोगकर्ता ३१ लाख ८१ हजार ८०५ ले बढेका छन् । वैशाख २०७८ मा फोरजी प्रयोगकर्ता जम्मा ७६ लाख ९७ हजार ८६३ रहेका छन् ।

यस्तो संख्या गत वर्ष वैशाख २०७७ मा ४५ लाख १६ हजार ५८ मात्रै थिए । त्यतिबेला थ्रीजी प्रयोगकर्ता भने १ करोड १५ लाख २३ हजार रहेको पनि प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यो अवधिमा समग्र मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्या ११ प्रतिशतले बढेको छ । गत वर्ष वैशाखमा ५४.१४ प्रतिशत ब्रोडब्याण्ड प्रयोगकर्ता रहेका थिए भने यो वर्र्ष वैशाखमा यस्तो मोबाइल प्रयोगककर्ताको औषत हिस्सा ६५.४७  प्रतिशत पुगेको पनि दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

Advertisement

अधिकांशा पुराना ग्राहक नै फोरजीमा अपग्रेड हुने, नयाँ ग्राहक थपिँदा एकै पटक फोरजी सेवा प्रयोग गर्ने गरेका कारण थ्रीजीको प्रयोगकर्ता बृद्धिदर भने एक वर्षमा जम्मा चार लाख रहेको छ ।  थ्रीजीका प्रयोगकर्ताको तुलनामा फोरजी बढेको हो । थ्रीजी प्रयोगकर्ता जम्मा चार लाख थप हुँदा फोरजीको प्रयोगकर्ता एक वर्षमै ३१ लाख थपिएको पनि तथ्यांकले देखाएको छ ।

प्राधिरणको यस्तो तथ्यांक अनुसार नेपालमा कुल ब्रोडब्याण्ड इनरेनेटको सख्या पनि २८ प्रतिशतले बढेको छ । एक वर्ष अगाडि जम्मा ७२ प्रतिशत जनसंख्यामा ब्रोडव्याण्ड इन्टरनेटको पहुँच पुगेकोको यो वर्ष ९० प्रतिशतसम्म पुगेको पनि प्राधिकरणको तथ्यांकले देखाएको छ ।

१९ लाख इन्टरनेटका ग्राहक थपिए
पछिल्लो एक वर्षमा नेपालमा इन्टरनेटका ग्राहक पनि १९ लाख १० हजार १४५ थपिएका छन् । गत वर्ष वैशाखको तुलनामा यो वर्ष वैशाखसम्ममा इन्टरनेटका यस्ता प्रयोगकर्ताको बृद्धिदर ४६.३४ प्रतिशले बढेको पनि प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

नेपालमा कोरोना महामारी नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दीपछि इन्टरनेटका प्रयोगकर्ता उल्लेख्य बढेको छन् । पछिल्लो एक वर्षमा इन्टरनेटका प्रयोगकर्ता ४६ प्रतिशत र फोरजीका प्रयोकर्ता ७० प्रतिशत बढ्ने इन्टरेटको समग्र बजारलाई नै उचाई दिएको छ । इन्टरनेको बजार बढ्दा यो क्षेत्रबाट हने योगदान पनि बढेको प्राधिकरणको भनाइ छ ।

५७ लाख इन्टरनेट प्रयोकर्ता थपिए
समग्रमा नेपालमा एक वर्षमा ब्रोडब्याण्ड इन्टरनेटका प्रयोगकर्ता ५७ लाख ९८ हजार ७१२ थपिएका छन् । मोबाइल इन्टरनेट प्रयोगकर्ताको बृद्धिदर उल्लेख्य छ भने घरघरमा प्रयोग हुने तारसहित र ताररहितको विभिन्न सेवाप्रदायकबाट सेवा लिएका इन्टरटको बृद्धिदर पनि उल्लेख्य छ ।

औसमा एक वर्षमा यस्तो इन्टरनेटको प्रयोगकर्ताको संख्या ५८ लाख थप भएको छ । गत वर्ष वैशाखमा २ करोड १५ लाख इन्टनरेट प्रयोगकर्ता थिए भने यो वर्ष वैशाखमा अइपुग्दा २ करोड ७३ लाख पुगेका छन् ।

यस्तो बृद्धिदर एक वर्षमा समग्रमा २६ प्रतिशतले बढेको पनि तथ्यांकले देखाएको छ । हालसम्म मोबाइल ब्रोडब्याण्डले ६५ प्रतिशत हिस्सा ओगट्दा ब्रोडब्याण्डको २४ प्रतिशत पुगेको छ । ब्रोडब्याण्ड इन्टरनेटेको हिस्सा एक वर्षमा १७ प्रतिशतबाट २४ प्रतिशतमा पुगेको हो ।
 

Advertisement