डिशहोम फाइबरनेट सेवा अब बनेपामा पनि

Advertisement

काठमाडौं । डिशहोम फाइबरनेट सेवा काभ्रेको बनेमा पनि विस्तार भएको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र बिराटनगरपछि बनेमा पनि यो सेवा विस्तार भएको हो । 

छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज लगायत अन्य स्थानमा पनि पुग्ने कम्पनीले जानकारी दिएको छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।  

Advertisement

फाइबरनेटका योजनाहरु १० एमवीपीएसदेखि सय एमबीपीएससम्म उपलब्ध छन् । डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४०००मा सम्पर्क गर्न सकिन्छ । देशबासीमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डीटीएच प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा इन्टरनेट सेवा सुरु गरेको डिशहोमले जानकारी दिएको छ । 

Advertisement