इन्टरनेट डेटा शुल्क करिव २० प्रतिशतले घटाउने एनसेलको तयारी

Advertisement

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल एजियटा लिमिटेडले इन्टरनेट डेटा शुल्क करिव २० प्रतिशत घटाउने तयारी गरेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले डेटा शुल्क घटाउने तयारी गरेसँगै एनसेलले पनि शुल्क घटाउन लागेको हो । 

डेटा नै अहिले एनसेलको मुख्य आम्दानीको रुपमा रहेको छ । उसका स्किम र सुविधा पनि बढि डेटा प्याकहरूसँग सम्वन्धित छ । एनसेलले डेटा शुल्क घटाउन लागेको संकेत नियमक नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि दिएको छ । नेपाल टेलिकमले डेटा शुल्कमा आकर्षण बढाउन सस्तो गर्न लागेसँगै एनसेलले पनि घटाउने तयारी गरेको हो । इन्टरनेट डेटामा टेलिकमको सेवाभन्दा एनसेलको सस्तो र छिटो रहँदै आएको छ । 

Advertisement

Advertisement