चलचित्र ‘घुइँचो’ निर्माण हुने, नायिकाको भूमिकामा ऋषि धमलाकी पत्नी एलिजा

Advertisement

काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । आरजे म्यूजिक एन्ड फिल्मले यो चलचित्र निर्माण गर्न लागेको हो ।  

नव–नायक कुन्साङ बोम्जन र अभिनेत्री एलिजा गौतम मुख्य भूमिकामा दखिने घुइँचोमा कुन्साङले यसै चलचित्रबाट डेब्यु गरेका हुन् । उनी यसअघि म्यूजिक भिडियोमा रम्दै आएका थिए । 

Advertisement

आरजे म्यूजिक एन्ड फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता रामजी दैलेखी हुन् । आउँदो माघबाट छायांकन गर्ने निर्माण कम्पनीले बताएको छ । 

निर्माता दैलेखीले चलचित्रको कथा वस्तु बलियो भएकाले दर्शकलाई मनपर्ने उनको विश्वास छ । अभिनेत्री गौतमले कथावस्तु र आफ्नो चरित्र बलियो भएकाले चलचित्रमा काम गर्न तयार भएको बताइन् ।

उनले भनिन्, ‘चलचित्रमा काम गर्ने मेरो सानैदेखिको रहर थियो । मेरो पहिलो चलचित्र ‘अनुराग’ जे जस्तो भए पनि धेरै कुरा सिक्ने मौका पाएको थिएँ । र, अब ‘घुइँचो’ मा एकदमै मिहिनेत गरेर काम गर्नेछु ।’

त्यस्तै, कुन्साङले राम्रो कथावस्तुमा काम गर्नका लागि आफू उत्साहित रहेको बताए । म्यूजिक भिडियोमा चकलेटी अवतारमा रुचाइएका उनले यो चलचित्रमा गाउँले युवकको भूमिका निर्वाह गर्दैछन् । 

निर्देशक लामाले चलचित्र सुःख–दुःख, सपना, इमान्दार, बेइमानहरुको घुइँचो रहेको बताए । जुम्लाको एक सामान्य परिवारको यूवाको अमेरिकासम्मको यात्राको कथामा चलचित्र बन्नेछ ।

Advertisement

Advertisement